डा.सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज « Khabarhub

डा.सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौँ– डा.सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

एक सय दुई वर्षीय वाङ्मय शताब्दी पुरुष जोशी किष्ट शिक्षण अस्पतालबाट १० दिनको उपचार पश्चात आइतबार डिस्चार्ज भएका हुन् ।

No description available.

उनी पिसाब सम्बन्धी संक्रमण, मुटुको चाल सम्बन्धी र श्वास प्रश्वास नलीको फाइव्रो ब्रोङ्किएक्टेसिस सम्बन्धी समस्याका कारण  शिक्षण अस्पतालमा भर्ना भएका थिए । उनको उपचार २ दिन आई.सि.यु केयरमा राखी बाँकी ८ दिन डिलक्स क्याबिनमा राखी उपचार गरिएको थियो । उनको उपचारमा प्रा.डा. मिलेश जंग सिजापति तथा प्रा.डा.राम भक्त कोजुको संयुक्त नेतृत्वमा विभिन्न विधामा चिकित्सकहरु संलग्न रहेका थिए ।

No description available.

हाल उनको पिसाबको संक्रमण नियन्त्रणमा आएको, मुटुको चाल स्थिर रहेको र श्वास प्रश्वासमा सुधार आएका कारण उपचारमा संलग्न चिकित्सक टोलीको राय बमोजिम डिस्चार्ज गरिएको हो । डिस्चार्ज पश्चातको फलोअप उपचार उनको निवासबाटै गर्न सकिने र आवश्यक परेमा निवासमै  मेडिकल सपोर्ट उपलब्ध गराइने अस्पतालले जनाएको छ। 

No description available.

गत माघ २५ गते पनि भर्ना भई सतौँ दिनको उपचार पश्चात वाङ्मय शताब्दी पुरुष जोशीलाई डिस्चार्ज गरिएको थियो । 

No description available.

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ७ : ५४ बजे

कङ्गोमा इबोला प्रकोप : विश्व स्वास्थ्य सङ्गठनद्वारा सङ्कटकाल घोषणा

किन्शासा– कङ्गो लोकतान्त्रिक गणतन्त्रमा तीव्र रूपमा फैलिएको घातक इबोला सङ्क्रमणले

स्कटल्यान्डविरुद्ध जवाफी ब्याटिङ गर्दै नेपाल, दुवै ओपनर सस्तैमा गुमायो

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरमा जारी १०६औं एकदिवसीय

माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु, एक घाइते

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ तिलकीका एक महिलाको माटोको ढिस्कोमा पुरिएर आज

सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको टोली

काठमाडौं– चिनियाँ आरोही सी जुन्जीको टोली यस याममा विश्वको सर्वोच्च

८ गतदेखि काठमाडौंमा नेपाल हस्तकला एक्स्पो आयोजना हुने

काठमाडौं– नेपाल हस्तकला महासंघको आयोजनामा जेठ ८ गतदेखि काठमाडौंमा नेपाल