एमालेले पोखरामा बदल्यो मेयरका उम्मेदवार « Khabarhub

एमालेले पोखरामा बदल्यो मेयरका उम्मेदवार


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिएको छ।

उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीको टकरावका कारण पोखराको मेयर बदलीएको हो।

गुरुङ प्यानलबाट शनिबार पौडेललाई टिकट दिएपछि उनको पुरानो भिडियोहरु शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो ।

अन्ततः उनको टिकट फिर्ता लिएर खगराज प्यानलका थापालाई टिकट दिइएको हो । उपमेयरमा भने पुनः मन्जु गुरुङ नै उम्मेदवार बनेकी छिन् । यसअघि गुरुङले आफू उम्मेदवार नबन्ने बताए पनि अहिले मौन छिन् ।

थापा र गुरुङ दुवै जना केन्द्रीय सदस्य हुन् । थापालाई रोक्न पृथ्वी सुब्बाले प्रदेश सरकार आफ्नो बन्ने र त्यहाँ मत नपुग्ने कार्ड फालेका थिए । तर उनको कार्ड सफल हुन सकेन । अन्ततः थापालाई टिकट दिइएको छ । थापा २०५४ सालमा पनि पोखराको मेयर भएर काम गरेका व्यक्ति हुन् । २०७० मा भने कास्की २ बाट चुनावमा पराजित भएका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ८ : ४९ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान