मलेसिया गएका संखुवासभाका युवा १५ वर्षदेखि ‘बेपत्ता’ « Khabarhub

मलेसिया गएका संखुवासभाका युवा १५ वर्षदेखि ‘बेपत्ता’



दोहा- रोजगारीका लागि मलेसिया गएका संखुवासभा खाँदबारी नगरपालिका-६ हिगुवा घर भएका प्रकाश मगर विगत १५ वर्षदेखि बेपत्ता छन्। उनी सन् २००४ मा मलेसिया पुगेका हुन्।

धन कमाउन भनेर उनी १९ वर्षअघि मलेसिया पुगेका हुन्। मलेसियाको जोहरबारु भन्ने ठाउँमा बस्दासम्म सम्पर्कमा रहेका उनी अहिले लामो समयदेखि सम्पर्कमा छैनन्। विगत १५ वर्षदेखि परिवारको सम्पर्कमा नरहेको मावलीकी नातिनी यशोधा मगरले जानकारी दिइन।

राम्रो लाउने मीठो खाने सपना बोकेर विदेश पठाएको छोरा बेपत्ता बनेपछि परिवार चिन्तित बनेको छ। छोरालाई हालसम्म सबै ठाउँमा खोजतलास गर्दा पनि कुनै अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमाबुबाले सबैलाई अपील गरेको नातिनी यशोधाले बताइन्।

‘धन कमाउला भनेर विदेश पठाएको छोराको कुनै खबर नपाउँदा आमाबुबा र भाइ बुहारी असाध्यै पीडामा हुनुहुन्छ’, यशोधाले भनिन्, ‘धन कमाउने, मिठो खाने, राम्रो लगाउने कुरा त सपना नै भयो, उल्टै छोराको पिरले आमाबुबाको भोकनिद्रा हराएको छ।’

मलेसिया गएको ४ वर्षसम्म फोन सम्पर्क गरिरहेको भए पनि त्यसपछि कुनै सम्पर्क भएको छैन। ‘अहिले कहाँ कस्तो अवस्थामा छ, हामीलाई केही थाहा हुनसकेको छैन’, यशोधाले भनिन्। उनी कुन म्यानपावरबाट विदेश गएको भन्ने कुरासमेत परिवारलाई थाहा छैन।

बुबा चकबहादुर मगर र आमा केशमाया मगर अझै पनि छोरो घर फर्किन्छ भन्ने आशामा रहेको भन्दै नातिनी यशोधाले बाजेको खोजीको लागि मलेसियास्थित नेपाली दूतावास, पीएनसीसी, त्यहाँ रहेका विभिन्न संघसस्था, सामाजिक अभियन्तालाई आग्रह गरेकी छिन्।

पछिल्लो समय वैदेशिक रोजगारीको क्रममा विभिन्न मुद्दामा जेल पर्नु, प्रेम सम्बन्ध, पारिवारिक मनमुटाव, रोजगारीकै क्रममा विदेशमा मृत्यु, दुर्घटना, घरेलु कामदारको हकमा रोजगारदाताले बन्दी बनाउनु, व्यक्तिगत चाहनालगायत कारणले विदेशिएका नेपाली परिवारको सम्पर्कमा नआएको एक अध्ययनले देखाएको छ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ९ : ०० बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ