तालमेलमा खटपट भयो, प्रतिगमनलाई मद्दत पुग्छ : चित्रबहादुर केसी « Khabarhub

तालमेलमा खटपट भयो, प्रतिगमनलाई मद्दत पुग्छ : चित्रबहादुर केसी


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनमा रहेका पाँच दलमा चुनावी तालमेललाई लिएर समस्याहरू देखापरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सोमबार प्रेस वक्तव्य सार्वजनिक गर्दै उनले गठबन्धन दलहरूबीच तालमेलमा समस्या भए प्रतिगमनलाई मद्दत पुग्ने बताए । अध्यक्ष केसीले भनेका छन्, ‘कतिपय जिल्लाहरूमा चुनावी तालमेलका लागि सहमति कायम हुन सकेका छैन र त्यसबारे कैयौँ असमझदारी उत्पन्न हुने गरेका छन् ।

‘यदि, त्यो कारणले पाँच दलीय तालमेलमा केही कमजोरी देखापर्यो भने त्यसबाट प्रतिगमनलाई नै मदत पुग्नेछ र त्यसका कैयौँ दूरगामी राजनीतिक दुष्परिणाम हुने छन् । जसका लागि त्यसले ठूलो मूल्य चुकाउनु पर्नेछ।’ उनले भनेका छन्।

केसीले जनमोर्चालाई एउटा पनि महत्वपूर्ण नगरपालिका नदिएको भन्दै गुनासो पनि गरेका छन् । गठबन्धन दलको बैठकमा भने यसअघि कुनै एउटा महत्वपूर्ण नगरपालिका जनमोर्चालाई दिने सहमति भएको उनको दाबी छ ।

तर, पछिल्लो समय पटक पटक बसेको बैठकमा पनि गठबन्धनका अन्य दलहरूले दिन वास्तै नगरेको अध्यक्ष केसीको दुःखेसो छ । तैपनि गठबन्धन दलहरूबीचको तालमेलमा भने बाधा नपुर्‍याउने स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ९ : ३४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्