साझा उम्मेदवारलाई निर्वाचित गराउनुपर्नेमा मन्त्री श्रेष्ठको जोड « Khabarhub

साझा उम्मेदवारलाई निर्वाचित गराउनुपर्नेमा मन्त्री श्रेष्ठको जोड


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नार्गाजुन नगरपालिकाको सम्पर्क कार्यालय कारखाना चोकमा स्थापना गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले कार्यालयको स्थापना गर्दै जनताको स्वतन्त्रता र संविधानको रक्षाका लागि स्थानीय तहको आसन्न निर्वाचनमा गठबन्धनका अग्रगमन पक्षधर साझा उम्मेदवारलाई निर्वाचित गराउनुपर्ने बताएका छन् ।

पार्टीका केन्द्रीय सदस्य विनोद श्रेष्ठले अहिलेको चुनावमा जनताले अग्रगमन पक्षलाई अनुमोदन गर्ने बताए । पार्टीकी नेत्री शोनाम लामाले नार्गाजुन नगरपालिकाभित्र रहेका प्राचीन सम्पदास्थलको संरक्षण पर्यटकीयस्थल तथा त्यस आसपास क्षेत्रमा पूर्वाधार निर्माण गर्न जसपाले त्यस क्षेत्रको नेतृत्व गर्नुपर्नेमा जोड दिए ।

नार्गाजुन निर्वाचन प्रचारप्रसार समितिका सदस्य शङ्कर लामाले कार्यालयको स्थापनाले स्थानीय तहको चुनावमा आवश्यक कागजात सङ्कलनका साथै चुनाव प्रचारका कार्यक्रम तथा पार्टीका साङ्गठनिक गतिविधि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  २ : ५६ बजे

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ ।

भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द

काठमाडौं– नेपाल सरकारको निर्णयअनुसार भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयसहित लामो

मन्दिरमा मृत भेटिएका व्यक्तिको घटनालाई धार्मिक विषय नबनाउन प्रहरीको अपिल

धनुषा– प्रहरीले धनुषाको सबैला नगरपालिका–१२ नहरचोकस्थित हनुमान मन्दिर परिसरमा एक

प्रधानमन्त्री शाहद्वारा मधेसका नेताहरूसँग छलफल

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले मधेसबाट प्रतिनिधित्व गरेको विभिन्न राजनीतिक दलका नेताहरूसँग

रविलाई पछ्याउँदै वालेन्द्र : मधेशवादी दलका नेतालाई सिंहदरबारमा बोलाएर थाले संवाद

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका