हेटौंडामा गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गराए « Khabarhub

हेटौंडामा गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गराए


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदका लागि सत्तारुढ गठबन्धनले उम्मेदवारी दर्ता गराएको छ ।

गठबन्धनको निर्णयअनुसार मेयर नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो भने उपमेयर नेपाली कांग्रेसको भागमा परेको थियो ।

साेही अनुसार मेयर पदमा नेकपा एसबाट मीनाकुमारी लामा र उपमेयरमा नेपाली कांग्रेसबाट राजेश बानियाँले उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनका उम्मेदवारहरूले र्‍यालीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

 

उम्मेदवारी दर्तापछि लामाले निर्वाचनमा जिते हेटौंडाको सबै वडामा खानेपानी, पूर्वाधार, खेलकुदलगायतका क्षेत्रमा विशेष जोड दिने बताइन् । प्राविधिक कृषि, महिला उद्यमीहरूलाई आर्थिक रुपान्तरणसँग जोडेर काम गर्ने उनको भनाइ छ । उपमेयरका उम्मेदवार राजेश बानियाँले शिक्षा, स्वास्थ्य, खेलकुदमा विशेष जोड दिँदै काम गर्ने बताए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ५ : ०७ बजे

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै