भूकम्पपछिको पुनर्निर्माणका लागि भारतद्वारा १ अर्ब ६० करोड सहयोग | Khabarhub Khabarhub

भूकम्पपछिको पुनर्निर्माणका लागि भारतद्वारा १ अर्ब ६० करोड सहयोग


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अर्ब ६० करोड उपलब्ध गराएको छ ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममाअर्थमन्त्री डा. युवराज खतिवडालाई नेपालका लागि भारतीय राजदुत मंजीवसिंह पुरीले भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अर्ब ६० करोडको चेक हस्तान्तरण गरेका हुन् ।

भारतले नेपालको निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता वापत १ अर्ब ६० करोड रुपैयाँ उपलब्ध गराएको अर्थ सचिव राजन खनालले जानकारी दिए । भारतले नेपालको पुनर्निर्माणका लागि पहिलो किस्तावापत यस अघि नै २ अर्ब १० करोड रुपैयाँ उपलब्ध गराइ सकेको छ ।

कार्यक्रममा बोल्दै नेपालका लागि भारतका राजदुत सिंहले नेपालको भूकम्पपछिको पुनर्निर्माणको काममा सहकार्य गर्न पाएकोमा भारत सरकार खुसी भएको बताए । उनले नेपालको विकास, निर्माणको काममा भारत सरकारको साथ रहने पनि बताए ।

२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले नेपालमा ठूलै धनजनको क्षति भएपछि भारतलगायतका देशहरुले त्यसको पुनर्निर्माणमा सघाउने समझदारी गरेका थिए ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदुत पुरीले नेपालको निजी आवास पुनर्निर्माणको काम करिव ७० प्रतिशत भन्दा बढि सम्पन्न हुनु आफ्नो मुलुकका लागि सुखद् समाचार भएको पनि बताए ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ३ : ३४ बजे

आम्दानीको स्रोत बन्दै भैंसे सिमी

दोलखा– जिल्लाको जिरी नगरपालिका-६ बुलडाँडा गाउँका स्थानीय शेर्पा समुदायले तरकारी

बागमतीका मुख्यमन्त्री लामाले आइतबार सशर्त राजीनामा दिने

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार राजीनामा दिने भएका

सहकर्मीबाटै किशोरीको ह*त्या, युवक पक्राउ

धनगढी– कैलालीमा १७ वर्षीया किशोरी याचना सेजवालको चक्कु प्रहार गरी

दुनाटपरी बनाएर आत्मनिर्भर बने महिला समूह

कैलाली– यहाँको धनगढी उपमहानगरपालिका–७ देवरीयाका पाँच जनाको महिला समूहले दुनाटपरी

अन्तरविरोधका बीच माओवादी केन्द्रको बैठक, समसामयिक विषयमा छलफल

काठमाडौं- नेकपा माओवादी केन्द्रमा पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड