बागलुङमा नबिल बैंकको दिगो बैंकिङ कार्यक्रम सम्पन्न « Khabarhub

बागलुङमा नबिल बैंकको दिगो बैंकिङ कार्यक्रम सम्पन्न


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नबिल दिगो बैंकिङले बागलुङ जिल्लाको बागलुङ नगरपालिकामा वित्तीय साक्षरता तथा उद्यमशीलता विकास सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रममा नबिल बैंकका सञ्चालक समितिका सदस्य आशा राणा अधिकारीले नेपाल कृषिको देश भनेर चिनिने गरेको र कृषिमा आत्मनिर्भर हुनु पर्ने कुरालाई जोड दिदैँ नबिल बैंकले कृषि तथा महिला उद्यमशीलतालाई मध्यनजर गर्दै सबैलाई समेट्ने गरी अगाडि बढ्न चाहेको बताए । 

नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझाले कार्यक्रममा नबिल बैंकको दिगो बैंकिङ तथा वित्तीय साक्षरताको बारेमा प्रकाश पार्नुभएको थियो । अन्तरक्रियाको दौरान स्थानीय किसान, युवा तथा महिला उद्यमीहरूले उठाएका जिज्ञासा तथा सुझावहरूको समेत सम्बोधन गरिएको थियो ।

उक्त कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गत प्रदेश सरकार, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, बाग्लुङ र नबिल बैंक बिच पारस्परिक साझेदारीमा वित्तीय साक्षरता, वित्तीय पहुँच र उद्यमशीलता विकास गर्न सहकार्य गरी कृषि जन्य बाली-वस्तु उत्पादन तथा प्रवर्द्धन, कृषिबजार विकास सहित व्यवसायिक कृषि उत्पादनको वृद्धि गरी रोजगारी सिर्जना गर्न सहयोग गर्न सम्झौता भएको छ । 

उक्त सम्झौता पत्रमा नबिल बैंकको तर्फबाट गण्डकी प्रदेशका प्रमुख सूर्य बहादुर रोका र कृषि ज्ञान केन्द्र, बाग्लुङ तर्फबाट कार्यालय प्रमुख भानुभक्त भट्टराईले हस्ताक्षर गरेका थिए । कार्यक्रममा नबिल बैंक सेवा उत्कृष्टता प्रमुख प्रभावती सिंह विष्ट, नबिल बैंक बागलुङ शाखा प्रबन्धक सुदर्शन कुमार अर्याल रिचर्डको पनि उपस्थिति रहेको थियो । 

नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो।

यो कार्यक्रम तथा कृषि ज्ञान केन्द्रको सम्झौता मार्फत नबिल बैंकले नबिल दिगो बैंकिङका प्रयासहरूलाई अझ बढी लक्षित वर्गमा पुर्‍याउन सहयोग गर्ने आशा लिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ६ : ५० बजे

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा