भक्तपुरमा आठ पदका लागि ५२ जनाको उम्मेदवारी « Khabarhub

भक्तपुरमा आठ पदका लागि ५२ जनाको उम्मेदवारी


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको चार वटा नगरपालिकामा मेयर र उपमेयर गरी कुल आठ पदका लागि ५२ जनाको उम्मेदवारी परेको छ ।

 त्यसमा पनि मेयर चार पदका लागि अत्याधिक वढी ३५ जनाको उम्मेदवारी परेको छ । उपमेयर चार पदका लागि १७ जनाको मात्रै उम्मेदवारी परेको छ । विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी यी उम्मेदवारी दर्ता भएका हुन् । 

जिल्ला निर्वाचनको कार्यालय भक्तपुरले जनाए अनुसार मेयरमा सबैभन्दा बढी मध्यपुर थिमिमा ११ जनाको उम्मेदवारी परेको छ । सबैभन्दा कम भने सूर्यविनायक नगरपालिकामा ७ जनाको मात्रै उम्मेदवारी परेको छ ।

मेयर पदका लागि भक्तपुरमा आठ जना र चाँगुनारायणमा नौ जनाको उम्मेदवारी परेको छ । नेपाली काङ्ग्रेससहितको सत्तारूढ गठबन्धन, नेकपा एमाले र नेपाल मजदुर किसान पार्टी प्रमुख शक्तिका रुपमा रहेका छन् । साथै पछिल्लो पटक राप्रपाको पनि चाँगुनारायण नगरपालिका क्षेत्रमा प्रभाव छ । 

नेपाली कांग्रेसले भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा सुरेन्द्र श्रेष्ठ, सूर्यविनायकमा निशान ढुंगेल, चाँगुनारायणमा जीवन खत्री र भक्तपुर नगरपालिकामा राम कासुलालाई मेयरको उम्मेदवार उठाएको छ ।

त्यसैगरी कांग्रेसले चाँगुनारायण नगरपालिकामा उपप्रमुख सुभद्रा काफ्लेलाई उम्मेदवार बनाएको छ । सत्तारूढ गठबन्धनबीचमा भक्तपुर, मध्यपुर थिमी र सूर्यविनायकमा गठबन्धन दलका अरु पार्टीलाई दिने सहमति भए अनुसार उम्मेदवार परेको छ ।

यसैगरी नेकपा एकीकृत समाजवादीलाई भक्तपुर र सूर्यविनायक नगरपालिकाको उपप्रमुख दिने गठबन्धन दलबीच सहमति भए अनुसार भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकामा उम्मेदवारी परेको छ । 

यता एमालेले मध्यपुर थिमीमा मदनसुन्दर श्रेष्ठलाई प्रमुख र उत्तरा नेपाललाई उपप्रमुख उठाएको छ । यसरी नै सूर्यविनायकमा वासुदेव थापा प्रमुख र सरिता भट्टराई उपप्रमुख, भक्तपुरमा रविन्द्र लाछिमस्यु प्रमुख र रञ्जना खर्बुजा उपप्रमुख र चाँगुनारायणमा बिना बाँस्तोला प्रमुख र रमेश बुढाथोकी उपप्रमुखमा उठाएको छ ।  

मदनसुन्दर मध्यपुर थिमीका हालका प्रमुख हुन् भने बासुदेव सूर्यविनायक नगरपालिकाका हालका प्रमुख हुन् । विना चाँगुनारायण नगरपालिकाका हालका  उपप्रमुख हुन् । उनीहरु तिनै जना एमालेबाट विजयी भएका थिए । 

यता भक्तपुरमा बलियो प्रभाव भएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भक्तपुर नगरपालिकामा पुरानै अनुहार दोहोरिएक छन् । नेमकिपाले प्रमुखमा सुनिल प्रजापति र उपप्रमुखमा रजनी जोशीलाई उठाएको छ ।

नेमकिपाबाट मध्यपुर थिमि नगरपालिकामा मेयरमा आशाहरि प्रजापति, उपमेयरमा दीक्षा बाडे श्रेष्ठ, चाँगुनारायण नगरपालिकामा प्रमुखमा केशव तिमल्सिना, उपप्रमुखमा कल्पना लामालाई उठाएको छ । यस्तै उक्त पार्टीबाट सूर्यविनायक नगरपालिकाको प्रमुखमा श्याम बिसंखे र उपप्रमुखमा चनमति खुलिमुलीलाई उम्मेदवार बनाएको छ ।  

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ७ : ४४ बजे

३०औँ जनयुद्ध दिवस रुकुमपूर्वमा मनाउँदै नेकपा

रुकुमपूर्व– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउँदै

विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अस्ट्रेलिया र जिम्बाबेको प्रतिस्पर्धा

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार तीन खेल हुँदैछन्

सञ्चार मन्त्रालयको दोस्रो त्रैमासिक समीक्षा : पुँजीगत खर्च बढाइनुपर्नेमा जोड

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले पुँजीगत

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्थानीयले ४२ थान हतियार बुझाए

गलकोट– स्थानीय प्रशासनको आह्वानअनुरुप यहाँका स्थानीयले इजाजत प्राप्त ४२ थान