गण्डकी प्रदेश: ८५ पालिकाको नेतृत्वका लागि ३३३ जनाको उम्मेदवारी « Khabarhub

गण्डकी प्रदेश: ८५ पालिकाको नेतृत्वका लागि ३३३ जनाको उम्मेदवारी


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशमा १ महानगरसहित ८५ पालिका छन् । महानगरसहित २७ नगरपालिकाको मेयरमा १ सय ५१ जनाको उम्मेदवारी दर्ता भएको छ ।

उपमेयरमा भने ८४ जना मात्रै छन् । ५८ गाउँपालिकाको नेतृत्वका लागि १८२ जनाले उम्मेदवारी दिएका निर्वाचन आयोगले जनाएको छ । उपाध्यक्ष बन्न भने १ सय ३७ को मात्रै उम्मेदवारी छ ।

यस्तै, यहाँका ७५९ वडाहरूको अध्यक्षका लागि १ हजार ३ सय ९१ जनाले मनोनयन दर्ता गरेका छन् । महिला सदस्यमा ९ सय ८, दलित महिला सदस्यमा ७ सय ९० र दुई खुला सदस्यका लागि १ हजार ९ सय ६९ जनाको मनोनयन परेको छ ।

गण्डकीमा कुल ५ हजार ६ सय १२ जनाले मनोनयन दर्ता गराएका हुन् । सबैभन्दा बढी मनोनयन पोखरा महानगरमा परेको छ भने सबैभन्दा कम नार्पाभूमी गाउँपालिकामा परेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ८ : ३५ बजे

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा