दाङ– स्थानीय तह निर्वाचनका लागि दाङका १० वटै स्थानीय तहमा मनोनय दर्ता सम्पन्न भएको छ ।
पाँच दलीय गठबन्धन, नेकपा (एमाले) सहित अन्य दल र स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।
तुलसीपुर उपमहानगरको प्रमुख र उपप्रमुखमा २१ जनाको उम्मेदवारी परेको छ ।
उपमहानगरको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका गेहेन्द्र गिरी, नेकपा (एमाले) बाट टीकाराम खड्का, नेकपा (माले) बाट महेन्द्र शाह, मङ्गोल नेशनल पार्टीबाट जया घर्ती र राष्ट्रिय जनमुक्ती पार्टीबाट रवीन्द्रउच्च नेपालीले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत राजेश्वर अर्यालले जानकारी दिए ।
त्यस्तै स्वतन्त्रबाट धर्मराज जैसी, जसपाबाट टोपबहादुर महतारा, उन्नत लोकतान्त्रिकबाट जसवीर वली, राप्रपाबाट जगधनी चौधरी, नेपाल लोकतान्त्रिक समाजवादी पार्टीबाट घनश्याम चौधरी र नागरिक मुक्तिपार्टीबाट प्रभा चौधरीले मनोनयन दर्ता गराएका छन् ।
त्यसैगरी उपप्रमुखमा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका जोगबहादुर रानामगर, एमालेबाट स्यानी चौधरी, स्वतन्त्रबाट खेमराज वली, सुशील नेपाली, जसपाबाट धनसरा विक, मङ्गोल नेशनलबाट डमबहादुर छनत्याल, नेकपा (माले)बाट फगनी चौधरी, राप्रपाबाट प्रेमबहादुर शाह र राष्ट्रिय जनमुक्तिबाट सीता चौधरीले मनोनयन दर्ता गराएका छन् । उपमहानगरपालिकाका १९ वटै वडामा अध्यक्षसहित सबै पदमा मनोनय दर्ता गरिएको छ ।
तुलसीपुर उपमहानरपालिकामा कुल एक लाख सात हजार मतदाता छन् ।
प्रतिक्रिया