निर्वाचन कार्यक्रमअन्तर्गत आज दाबी र विरोधको उजुरी दिन पाइने « Khabarhub

निर्वाचन कार्यक्रमअन्तर्गत आज दाबी र विरोधको उजुरी दिन पाइने


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेहरूविरुद्ध आज दाबी र विरोधको उजुरी दिन पाइने भएको छ। उजुरी दिन भने निर्वाचन अधिकृतको कार्यालय जानुपर्नेछ।

निर्वाचन आयोगले तोकेको योग्यता पूरा नभएकाविरुद्ध उजुरी दिन पाइन्छ। तर, आयोगले उम्मेदवारहरूको नामावली नै रुजु गरिसकेको छैन।

तैपनि, आजै उजुरी दिने समय पनि आयोगले यसअघि नै तोकेको हो। आयोगले प्राप्त उजुरीमाथि जाँझबुझ भने १४ र १५ वैशाखमा गर्नेछ।

जाँझबुझपछि उम्मेदवारहरूको नामावली प्रकाशन हुनेछ। १६ वैशाखमा भने उम्मेदवारी फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन हुने आयोगले जनाएको छ।

१७ वैशाखमा उम्मेदवार बनेकाले निर्वाचन चिह्न प्राप्त गर्नेछन्। र, ३० वैशाखमा निर्वाचन हुनेछ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ८ : ४५ बजे

सिरहामा कर्फ्यु यथावत (तस्बिर)

सिरहा– सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर

निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित

झापा– भद्रपुर भन्सार कार्यालयले निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा

सद्भाव र शान्तिको सन्देश दिँदै सर्लाहीमा र्‍याली

काठमाडौँ– सुनसरीको कप्तानगञ्जमा भएको जातीय हिंसापछि देशका विभिन्न स्थानमा तनाव

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका