वैदेशिक रोजगारीका नाममा ठगी गर्दै कन्सल्टेन्सीहरु « Khabarhub

वैदेशिक रोजगारीका नाममा ठगी गर्दै कन्सल्टेन्सीहरु

विभाग भन्छ– केही व्यक्तिहरूमाथि अनुसन्धान भैरहेको छ


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वैदेशिक रोजगार विभागले केही कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारीका नाममा ठगी गरिरहेको बताएको छ । 

‘शैक्षिक परामर्श लगायतका बिभिन्न उद्देश्य राखी खोलिएका केही कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा विभिन्न व्यक्तिहरूबाट मोटो रकम असुल गरी ठगी गरिरहेको घटना प्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

विभागमा यस प्रकारका उजुरीहरूको संख्या दिनह बढिरहेको छ  । यस्तो कार्यमा संलग्न केही व्यक्तिहरू पक्राउ परि उनीहरूमाथि अनुसन्धान भैरहेको विभागले जनाएको छ । 

विज्ञप्तिमा विभागले भनेको छ, ‘उजुरीको अनुसन्धान गर्दै जादा त्यस्ता कन्सल्टेन्सीहरुले रकमको कारोबार नगदमा गर्ने वा संस्थामा कार्यरत कर्मचारीहरूका खातामा रकम जम्मा गर्न लगाउने, गैरकानुनी असूलिको प्रमाण नष्ट गर्ने उद्देश्यले कारोबार लुकाउने, नक्कली कर्मचारी र शाखा खडा गर्ने तथा ठगीमा संलग्न सञ्चालक फरार हुने वा विदेशमै बस्ने र अन्त्यमा रकम बुझ्ने कर्मचारीहरू पक्राउ पर्ने गरेका छन् ।’  

यस्ता गैरकानूनी क्रियाकलाप र गैर कानूनी कारोबारमा संलग्न नरहनाको लागि त्यस्ता संस्थामा कार्यरत वा काम गर्न चाहने कर्मचारीलाई सचेत रहन समेत विभागले आग्रह गरेको छ ।  

कन्सल्टेन्सीहरुको दर्ता गर्ने तथा इजाजत दिने निकायहरूलाई यस्ता संघ संस्थाहरूको अनुगमन र निगरानीलाई सघन गरी उद्देश्य विपरितका कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन विभागले अनुरोध गरेको छ । 

‘वैदेशिक रोजगार विभागबाट स्वीकृति नलिई कुनै पनि संस्थाले वैदेशिक रोजगारी सम्बन्धी कार्य गर्न÷गराउन पाउदैन,’ विभागले भनेको छ, ‘कानून विपरीतका यस्ता कार्य गरेमा वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४३ आकर्षित हुने र सो बमोजिम यस्तो कार्यमा संलग्न जो कोही व्यक्ति, कर्मचारी वा सञ्चालकलाई कम्तिमा तीनदेखि सात वर्षसम्म कैद सजाय सहित अन्य सजायको व्यवस्था रहेको छ ।’ 

आफूले प्राप्त गरेको इजाजत र उद्देश्य बिपरितका कुनैपनि क्रियाकलापमा संलग्न नरहन सम्बन्धित कन्सल्टेन्सीहरुको विभागले ध्यानाकर्षण गरेको छ । 

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १ : ५७ बजे

सरकारलाई कांग्रेसको सुझाव : भ्रष्टाचार छानबिनलाई पहिलो प्राथमिकता दिनू

काठमाडौं– नेपाली कांग्रेसले भ्रष्टाचारसम्बन्धी विभिन्न प्रकरणको छानबिनलाई पहिलो प्राथमिकता दिएर

जेन-जीका नाममा जलाइएको गोदावरी हल पुनःनिर्माणमा बल्ल जुट्यो सरकार

काठमाडौं- राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन गर्न सरकारले ४ वर्ष

त्रिसठ्ठीभन्दा बढी सांसदले लिए मातृभाषामा शपथ

काठमाडौं– आज सङ्घीय संसद्को प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यहरूले शपथ लिएका

ओलीको तर्क : अहिले पनि एमाले २०७९ को रास्वपाभन्दा ठूलै छ, आत्तिनु पर्दैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी

गुण र दोषका आधारमा सरकारलाई सहयोग हुन्छ : सांसद अर्याल 

काठमाडौं– नेकपा (एमाले) का सचिव पद्यमा अर्यालले गुण र दोषका