अमेरिकी विदेशमन्त्रीको टिप्पणी– ‘युक्रेनमा रुस असफल भयो’ « Khabarhub

अमेरिकी विदेशमन्त्रीको टिप्पणी– ‘युक्रेनमा रुस असफल भयो’


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले रुसले युक्रेनका केही भागमा क्रूरता देखाएको तर आफ्नो युद्धको उद्देश्यमा असफल भएको बताएका छन् । युक्रेन भ्रमणका क्रममा विदेशमन्त्री ब्लिन्कनले सो धारणा राखेको बीबीसीले जनाएको छ ।

उनले आइतबार किभमा राष्ट्रपति जेलेन्स्कीसँगको भेट गरेका थिए । विदेशमन्त्रीसँगै अमेरिकी रक्षामन्त्री लोयड अस्टिन पनि युक्रेन भ्रमणमा पुगेका थिए ।

युक्रेनले रुसी हमलाको प्रतिकार गर्न अमेरिकासँग सैन्य हतियार माग गरिरहेका बेला दुई अमेरिकी उच्च अधिकारी आइतबार युक्रेनको राजधानी किभ पुगेका हुन् । 

पछिल्लो समयमा रुसले आफ्नो आक्रमण पूर्वी युक्रेनमा केन्द्रित गरेको छ । यसअघि रुसले युक्रेन युद्ध दोस्रो चरणमा प्रवेश गरेको बताएको थियो । रुसको आक्रमण सुरु भएपछि यो उच्चस्तरीय अमेरिकी भ्रमण हो ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  २ : ०९ बजे

‘गटर जेनेरेसन’ देखि थप्पड काण्डसम्म : किन बारम्बार विवादमा तानिन्छिन् कंगना रनौत ?

काठमाडौं- बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी) सांसद कंगना

विष्णु र शंकर एकजुट हुँदा ओलीको योजना उल्टियो, बागमतीमा जगन्नाथ नै मुख्यमन्त्री बन्ने निश्चित

काठमाडौं– बागमती प्रदेशको नयाँ सरकार गठनअघि नेकपा एमालेभित्र मुख्यमन्त्री चयनलाई

चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं– सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई ‘सिफ्ट’का

प्रदर्शनमा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहन्छु : मोदी

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै देशका विभिन्न भागमा भएका युवा

बलिउड अभिनेत्री शेट्टीले गरिन् पशुपतिनाथमा पूजा, आराधना

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी आज पशुपतिनाथ मन्दिरमा पुगी पूजा,