रुसी पृथकतावादीको कब्जामा रहेको मोल्दोभाको ट्रान्सनिस्ट्रया क्षेत्रमा बम विष्फोट | Khabarhub Khabarhub

रुसी पृथकतावादीको कब्जामा रहेको मोल्दोभाको ट्रान्सनिस्ट्रया क्षेत्रमा बम विष्फोट


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनको छिमेकी मुलुक मोल्दोभाको रुसी पृथकतावादीले शासन चलाइरहेको क्षेत्रमा बम विष्फोट भएको छ । मोल्दोभाको ड्निस्टर नदीपारि रुसी पृथकतावादीद्वारा सञ्चालित ट्रान्सनिस्ट्रया क्षेत्रमा बम विष्फोट भएको हो ।

ट्रान्सनिस्ट्रयाको टिरास्पोल शहरमा बम आक्रमण भएको त्यहाँको पृथकतावादी सरकारको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

सामाजिक सञ्जालमार्फत ट्रान्सनिस्ट्रियाको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा विष्फोटबाट केही भवनमा क्षति पुगेको जनाइएको छ ।

यद्यपि विष्फोटबाट कुनै मानवीय क्षति भने नभएको जनाइएको छ । ट्यांकभेदी ग्रिनेडबाट आक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ ।

स्थानीय टिभिएस टेलिभिजनले बम विष्फोट भएको क्षेत्रमा वेवारिसे ग्रिनेड लन्चर फेला परेको जनाएको छ ।

आक्रमणको जिम्मा हालसम्म कसैले पनि लिएको छैन । यता पृथकतावादी क्षेत्रमा विष्फोट भएपछि मोल्दोभाको राष्ट्रपति माइया सन्दुले मुलुकको शीर्ष सुरक्षा परिषद्को बैठक डाकेका छन् ।

करिब ५ लाख जनसंख्या रहेको ट्रान्सनिस्ट्रयामा सन् १९९२ मा मोल्दोभाविरुद्ध भएको युद्ध यता रुस समर्थित पृथकतावादीहरुले शासन चलाइरहेका छन् । यद्यपि यस पृथकतावदी क्षेत्रको अन्तर्राष्ट्रिय मान्यता भने अत्यन्त सीमित रहेको बताइन्छ ।

युक्रेन र मोल्दोभाको सीमामा पर्ने यस क्षेत्रमा रुसले ‘शान्ति स्थापना’ का लागि भन्दै १५ सय सैनिक परिचालन समेत गरेको छ ।

यसअघि रुसका एकजना वरिष्ठ सैनिक कमाण्डरले रुसले युक्रेनको दक्षिणी भूभाग कब्जा गरेको खण्डमा ट्रान्सनिस्ट्रया भौगोलिक रुपमा रुसमा जोडिने बताएका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ४ : २३ बजे

सुनसरीमा आँप उत्पादन घट्यो

धरान– जिल्लामा यस वर्ष आँपको उत्पादनमा कमी आउँदा  मूल्य बढेको

अज्ञात समुहको कुटपिटबाट एक जनाको मृत्यु, तीन घाइते

पाँचथर– अज्ञात व्यक्तिहरूको कुटपिटबाट पाँचथरमा एकजनाको मृत्यु भएको छ भने

उत्पादक र उपभोक्तालाई जोड्दै कृषि ‘एम्बुलेन्स’

गण्डकी– पोखरा महानगरपालिकाले सञ्चालनमा ल्याएको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्ता

राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । अहिले

नेपालमा गोताखोरको सङ्ख्या एक सय १० पुग्यो

मुग्लिन– सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा