एकै रातमा ५ सय युक्रेनी सैनिक मारिएको रुसको दाबी | Khabarhub Khabarhub

एकै रातमा ५ सय युक्रेनी सैनिक मारिएको रुसको दाबी


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले एकै रातमा ५ सय युक्रेनी सैनिक मारिएको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै युक्रेनका ५ सय सैनिक मारिएको दाबी गरेको हो ।

विज्ञप्तिमा युक्रेनका ८७ सैनिक निशानामा आक्रमण गरिएको समेत जनाइएको छ । रक्षा मन्त्रालयले रुसी वायुसेनाले युक्रेनको विभिन्न स्थानका ८७ सैनिक निशानालाई लक्षित गरी आक्रमण गरेको जनाएको हो ।

पूर्वी युक्रेनको खारकिभ शहरमा रहेका दुई हतियार भण्डारणमा पनि आक्रमण गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको हो ।

यद्यपि रुसी दाबीको स्वतन्त्र पुष्टि भने हुन नसकेको बीबीसीले जनाएको छ । यसबारे युक्रेनी पक्षबाट कुनै टिप्पणी नआइसकेको बताइएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ४ : ४४ बजे

मर्सिसाइड डर्बीमा लिभरपुलको जित, एभरटन २–१ ले पराजित

लिभरपुल – इंग्लिस प्रिमियर लिगको प्रतिष्ठित मर्सिसाइड डर्बीमा लिभरपुलले एभरटनमाथि

आइतबार सूर्यग्रहण लाग्दै, नेपालबाट नदेखिने भएकाले सुतक नलाग्ने

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही असोज ५

जलेर खण्डहर बनेको घर हेर्दा भक्कानिन् राधिका शाक्य

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका

सुनचाँदीका गरगहनासहित तीन जना पक्राउ

काठमाडौं – प्रहरीले सुनचाँदीका गरगहनासहित काठमाडौँको रातोपुलबाट तीन जनालाई पक्राउ

नारायणगढ–मुग्लिन सडक खण्ड अझै अवरुद्ध, पहिरो हटाउने प्रयास असफल

चितवन – लगातारको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अझै सञ्चालनमा