नेपाल भ्रमण वर्षलाई लक्षित गरी जापानमा ‘नेपाल महोत्सव’ हुँदै « Khabarhub

नेपाल भ्रमण वर्षलाई लक्षित गरी जापानमा ‘नेपाल महोत्सव’ हुँदै


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भ्रमण बर्ष २०२० लाई सहयोग पुर्‍याउने उद्देश्य साथ जापानको नागोयामा नेपाल महोत्सव २०१९ गर्न लागिएको छ ।

जापानको नागोयामा बसोबास गर्दे आएका नेपालीहरुको सक्रियतामा नेपाल महोत्सव गर्न लागिएको हो । महोत्सवले दुईदेशबीच सम्बन्ध थप प्रगाढ़ बनाउनुको साथै नेपाल भ्रमण वर्ष २०२०लाई टेवा पुग्ने विश्वास आयोजकले लिएको छ ।

नेपाली कला संस्कृति, परम्परागत झाँकीहरू ,रहनसहन, खाना, गीत संगीत लगायत रहने महोत्सवबाट समग्र नेपालको विशेषता दर्शाउदै भ्रमण बर्ष २०२० मा जापानीज नागरिकलाई निमन्त्रण गर्नु नै मुख्य लक्ष्य रहेको संयोजक पारसमणि पोखरेलले बताए ।

जापानस्थित नेपाली दूतावास र एनआरएनएन नागोयात्रको सयुक्त आयोजनामा हुन लागेको महोत्सवमा नागोयामा क्रियाशील नेपाली संघसस्थाहरु सह–आयोजकको रुपमा सहभागी हुँदैछन् । महोत्सव साकाय स्थित हिसाय दोहोरी पार्कमा यही जून १५ र १६ तारिकका दिन हुनेछ ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ४ : ३७ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका