एमालेलाई कसैले पराजित गर्न सक्दैन : महासचिव पोखरेल « Khabarhub

एमालेलाई कसैले पराजित गर्न सक्दैन : महासचिव पोखरेल


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा एमालेलाई कसैले पराजित गर्न नसक्ने ठोकुवा गरेका छन्। 

नेकपा एमाले सम्पर्क समन्वय कमिटीले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा पोखरेलले एमाले मुलुकको सबैभन्दा ठूलो शक्तिको रुपमा स्थापित भइसकेको भन्दै आगामी निर्वाचनमा एमालेलाई कसैले पराजित गर्न नसक्ने बताएका हुन्। 

एमाले बलियो पार्टी भएकै कारण कांग्रेससहितका सत्तारुढ दलहरूले आफ्नो पार्टीसँग एक्लै चुनावी लड्ने आँट गर्न नसकेको उनको भनाइ छ । उनले आफ्नो भविष्य रक्षाका लागि गठबन्धन बनाएर अघि बढेपनि उनीहरूको स्वार्थ नमिलेको दृश्य स्थानीय तहको मनोनयनका क्रममा देखिएको धारणा राखे। पोखरेलले गठबन्धनको कुनै लक्ष्य, उद्देश्य रहेको भन्दै मुलुकको नेतृत्व गर्न नसक्ने उल्लेख गरे। त्यस्तै उनले नेपालको राजनीतिक इतिहासमा सबैभन्दा बढी विधि र प्रक्रिया उल्लंघन गर्ने नेता माधव कुमार रहेको बताए। एमालेमा रहँदा एक व्यक्ति, एक पदको नारा दिने माधव नेपालले अहिले आफू पार्टीको अध्यक्ष र संसदीय दलको प्रमुख बनेर बसेको भन्दै उनले एक व्यक्ति, एक पदको नारा दिएर नेकपा फुटाइएको आरोप लगाए।

उनले अबको सबै निर्वाचनमा एमाले विजयी हुने र एमालेको झण्डा फहराउने दाबी गरे।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ७ : ३४ बजे

ललितपुर महानगरको नयाँ प्रशासनिक भवनको उद्‌घाटन

काठमाडौं– ललितपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवन राष्ट्रपति रामचन्द्र पौडेलले आज

क्यानडाको श्रम बजारमा सुधार

एजेन्सी – क्यानडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी

ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा

ओखलढुङ्गा– ओखलढुङ्गाको ढेबुवाका स–साना विद्यार्थीहरू ‘रबरबोट’ को भरमा दैनिक सुनकोशी

बजार अनुगमनमा विभाग थप सक्रिय

काठमाडौं– बजार अनुगमन तथा निरीक्षणलाई पछिल्ला दिनमा प्रभावकारी बनाइरहेको वाणिज्य,

हेटौंडामा सडक छेउका घर-संरचनाहरू भत्काउन सुरु (तस्बिरहरू)

काठमाडौं– सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका