एमालेलाई कसैले पराजित गर्न सक्दैन : महासचिव पोखरेल « Khabarhub

एमालेलाई कसैले पराजित गर्न सक्दैन : महासचिव पोखरेल


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा एमालेलाई कसैले पराजित गर्न नसक्ने ठोकुवा गरेका छन्। 

नेकपा एमाले सम्पर्क समन्वय कमिटीले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा पोखरेलले एमाले मुलुकको सबैभन्दा ठूलो शक्तिको रुपमा स्थापित भइसकेको भन्दै आगामी निर्वाचनमा एमालेलाई कसैले पराजित गर्न नसक्ने बताएका हुन्। 

एमाले बलियो पार्टी भएकै कारण कांग्रेससहितका सत्तारुढ दलहरूले आफ्नो पार्टीसँग एक्लै चुनावी लड्ने आँट गर्न नसकेको उनको भनाइ छ । उनले आफ्नो भविष्य रक्षाका लागि गठबन्धन बनाएर अघि बढेपनि उनीहरूको स्वार्थ नमिलेको दृश्य स्थानीय तहको मनोनयनका क्रममा देखिएको धारणा राखे। पोखरेलले गठबन्धनको कुनै लक्ष्य, उद्देश्य रहेको भन्दै मुलुकको नेतृत्व गर्न नसक्ने उल्लेख गरे। त्यस्तै उनले नेपालको राजनीतिक इतिहासमा सबैभन्दा बढी विधि र प्रक्रिया उल्लंघन गर्ने नेता माधव कुमार रहेको बताए। एमालेमा रहँदा एक व्यक्ति, एक पदको नारा दिने माधव नेपालले अहिले आफू पार्टीको अध्यक्ष र संसदीय दलको प्रमुख बनेर बसेको भन्दै उनले एक व्यक्ति, एक पदको नारा दिएर नेकपा फुटाइएको आरोप लगाए।

उनले अबको सबै निर्वाचनमा एमाले विजयी हुने र एमालेको झण्डा फहराउने दाबी गरे।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ७ : ३४ बजे

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान

एजेन्सी– सन् २०२४ को जेन–जी नेतृत्वको विद्रोहले शेख हसिनाको सरकार

काठमाडौं–४ का कांग्रेस उम्मेदवार सचिनको सूत्र- धनीलाई बजार, गरिबलाई राज्य

काठमाडौं उपत्यकाको १९ प्रतिनिधि सभा क्षेत्रमध्ये सबैभन्दा चर्चामा रहेको क्षेत्र

थाइल्यान्डको एक विद्यालयमा गोली चल्दा प्रधानाध्यापकको मृत्यु

एजेन्सी– दक्षिणी थाइल्यान्डको सोङ्खला प्रान्तमा बुधबार भएको गोली हानाहानमा विद्यालयका

रसुवामा सडक तथा पूर्वाधारको गुणस्तर सुनिश्चित गर्न प्रयोगशाला परीक्षण

रसुवा– जिल्लाभित्र निर्माणाधीन सडक तथा पूर्वाधारको गुणस्तर सुनिश्चित गर्न जिल्लामा