डोटीमा एक हजार ६९ जनाको उम्मेदवारी « Khabarhub

डोटीमा एक हजार ६९ जनाको उम्मेदवारी


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी – यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि डोटीका नौ स्थानीय तहका ३४३ पदका लागि एक हजार ६९ जनाको उम्मेदवारी दर्ता भएको छ ।

दिपायल सिलगढी नगरपालिकाको प्रमुखका लागि सात जनाको उम्मेदवारी परेको छ । उपप्रमुखका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । उक्त नगरपालिकाको नौ वडाध्यक्षका लागि ३७ जनाको उम्मेदवारी परेको छ भने खुला सदस्यमा ५६, महिला सदस्यमा २७ तथा दलित महिला सदस्यमा २८ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत बिदुर काफ्लेले जानकारी दिए ।

शिखर नगरपालिकाको प्रमुखमा पाँच र उपप्रमुखमा तीन जनाको उम्मेदवारी परेको छ । सो नगरपालिकामा ५७ पदमा १४८ जनाको उम्मेदवारी परेको छ । पूर्वीचौकी गाउँपालिकामा ३७ पदका लागि ११६, सायल गाउँपालिकामा ३२ पदका लागि ९६ जना, आदर्श गाउँपालिकामा ३७ पदका लागि १२० जना, केआइसिंह गाउँपालिकामा ३७ पदका लागि ११८ जना, बोगटान फुड्सिल गाउँपालिकामा ३७ पदका लागि ११५, बडिकेदार गाउँपालिकामा २७ पदका लागि ८२ जना तथा जोरायल गाउँपालिकामा ३२ पदका लागि ११५ जनाले उम्मेदवारी दर्ता गराएको स्थानीय तहमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।

डोटीमा सात पार्टीले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । डोटीका नौ स्थानीय तहमा कूल ६५ वडा छन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी तालमेल गरेका छन् । पाँच स्थानीय तहको प्रमुखमा माओवादी केन्द्रले तथा चार स्थानीय तहमा एकीकृत समाजवादीले उम्मेदवारी दर्ता गराएका छन् । सबै पार्टी घरदैलो अभियानमा जुटेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ११ : ४९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना