‘एसइई परीक्षामा देखिएको समस्या समाधान हुन्छ’ : मन्त्री पौडेल « Khabarhub

‘एसइई परीक्षामा देखिएको समस्या समाधान हुन्छ’ : मन्त्री पौडेल


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– शिक्षा तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माध्यामिक शिक्षा परीक्षा (एसइई) मा देखिएका समस्या छलफलबाट समाधान गर्दै जाने बताएका छन्। 

चितवनको लक्ष्मी मावि लङ्कुमा सञ्चालित एसइई परीक्षा निरीक्षणपछि आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले एसइई परीक्षामा सामान्य केही समस्या देखिएको बताए । 

उनले भने, “केही प्रश्नपत्रमा शिक्षकहरुको समेत गुनासो आएको छ । यसलाई हामी समीक्षा गर्छौं ।” देशैभर एसइई शान्त रुपमा भइरहेको उनले जानकारी दिए। उनले भने “विद्यार्थीले राम्रै परिणाम ल्याउँछन् ।” कोभिडका कारणले परेको असरलाई शिक्षण तलमाथि नहुने गरी सम्पूर्ण प्रक्रिया अघि बढाएको उनको भनाइ थियो ।

अर्को प्रसङ्गमा बोल्दै उनले चितवनमा निर्माण हुने भनिएको शिक्षक अस्पतालको काम प्रभावकारी तवरले अघि बढेको बताए। कानुनी प्रक्रिया, जग्गा प्राप्ति बजेटको सुनिश्चितता लगायतको काम भइसकेको उनको भनाइ थियो ।

फरक प्रसङ्गमा बोल्दै उनले गठबन्धनले निर्वाचनलाई प्रभावकारी रूपले अगाडि बढाउने बताए। उनले भने, “धेरै ठाउँमा मिलेको छ । नमिलेको ठाउँमा पनि आज, भोलि १६ गतेसम्म मिलाउने गरी तयारी भइरहेको छ ।” बागी उम्मेदवारी दिनु राम्रो संस्कृति नभएको भन्दै उनले जुनसुकै दलभित्र पनि बागी देखा पर्नु र बागीको नाममा बार्गेनिङ गर्नु चाहिँ दलीय प्रणाली निर्वाचन आयोग, लोकतान्त्रिक मूल्यमान्यता र नैतिकताभित्र पर्ने कुरा नभएको बताए । 

बागी उम्मेदवारहरुलाई आफ्नो दलले तुरुन्त फिर्ता बोलाएर दलहरूको सहमतिका आधारमा तय भएका उम्मेदवारलाई मात्रै राख्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  १२ : ४८ बजे

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा