जेठ दोस्रो सातादेखि चितवनमा सवारी चालक अनुमतिपत्र « Khabarhub

जेठ दोस्रो सातादेखि चितवनमा सवारी चालक अनुमतिपत्र


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- आगामी जेठ दोस्रो सातादेखि चितवनमा सवारी चालक अनुमतिपत्र दिने गरी तयारी थालिएको छ । यातायात व्यवस्था सेवा कार्यालयले चालक अनुमतिपत्र वितरणका लागि आवश्यक परीक्षास्थल र सवारीसाधनका लागि प्रस्ताव आह्वान गरेको छ ।

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव नेत्र शर्माका अनुसार यही वैशाख २ गते प्रयोगात्मक परीक्षाका लागि परामर्श सेवा प्रस्ताव आह्वान गरिएको छ । पन्ध्र दिनभित्र परेका प्रस्तावको अध्ययन गरी काम अघि बढाइने उनले बताए। शर्माले भने, “हामीले गरेको तयारीअनुसार काम अघि बढाउन सकिएमा जेठ दोस्रो सातादेखि सवारी चालक अनुमतिपत्रको काम अघि बढ्छ ।” जिल्लामा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे तथा चारपाङ्ग्रे साना मझौला र ठूला सवारीसाधनको चालक अनुमतिपत्र दिन लागिएको हो ।

कार्यालयले प्रयोगात्मक परीक्षाका लागि आवश्यक पर्ने परीक्षास्थल र सवारीसाधन उपलब्ध गराएवापत परीक्षार्थीसँग दस्तुर लिई सेवा प्रदानका लागि परामर्श सेवा माग गरेको हो । प्रयोगात्मक परीक्षास्थल भरतपुर महानगरपालिका वा चितवन जिल्लाअन्तर्गत पर्ने नगरपालिकाभित्र हुनुपर्ने छ । प्रयोगात्मक स्थल संवेदनशील स्थान अस्पताल, विमानस्थल, शिक्षण संस्था, राष्ट्रिय निकुञ्ज, राष्ट्रिय राजमार्ग, मन्दिरलगायत क्षेत्रबाट कम्तीमा २०० मिटर टाढा हुनुपर्ने शर्माले जानकारी दिए। उनले भने, “प्रदेश सरकारको सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षास्थल कार्यविधि, २०७८ मा उल्लेख भएबमोजिम नै छनोट गरिने छ ।” प्राविधिक प्रस्तावमा उत्तीर्ण भएको मात्र आर्थिक प्रस्ताव गरिने उनले जानकारी दिए।

जिल्लामा धेरै सवारीसाधन गुड्ने भए पनि सवारी अनुमतिपत्र लिन हेटौँडा वा काठमाडौँ पुग्नुपर्ने बाध्यता छ । हाल यस प्रदेशमा हेटौँडामा एक ठाउँ र काठमाडौँमा चार ठाउँमा सवारी चालक अनुमतिपत्र दिइँदै आएको छ । प्रदेशमा झण्डै १८ लाख व्यक्तिसँग सवारी चालक अनुमतिपत्र भएको प्रारम्भिक तथ्याङ्क छ । शर्माका अनुसार वार्षिक एक लाख नयाँ अनुमतिपत्र वितरण गरिँदै आएको छ । चितवनमा सुरुमा सातामा एकपटक परीक्षा लिने गरी तयारी गरिएको छ ।

यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख विनोद पौडेलका अनुसार सवारी चालक अनुमतिपत्र दिँदै गर्दा भीडभाड बढी हुने भएकाले जिल्ला समन्वय समितिको मातहतमा रहेको भवनमा कार्यालय स्थानान्तरण गर्नका लागि प्रक्रिया अघि बढाइएको छ । साउनसम्ममा कार्यालय सार्ने तयारी छ । अनुमतिपत्रबाहेकका सबै काम यहाँ हुँदै आएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  १ : ०६ बजे

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा