सिनेमांकनमा ‘अवतार २’ को चर्चा « Khabarhub

सिनेमांकनमा ‘अवतार २’ को चर्चा


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हलिउडको लोकप्रिय फिल्मको लिस्टमा अगाडि आउने नाम हो  ‘अवतार’ । 

यस फिल्मले गरेको कमाइ आफैँमा रेकर्ड बन्यो । फिल्मले बक्स अफिसमा गरेको कमाइ त प्रशंसा योग्य भयो नै यसको विषयवस्तुले पनि उत्तिकै चर्चा पायो । सन् २००९ को डिसेम्बरमा रिलिज भएको फिल्मले २.८ बिलियन बराबरको ब्यापार गरेर रेकर्ड बनाएको थियो ।

पछिल्लो समय हलिउड फिल्म र विशेषगरी सुपर हिरोको विषयमा बनेका फिल्महरु दर्शकको रोजाईमा पर्ने गरेको देखेपछि अवतार निर्माण कम्पनि डिज्नीले पनि महत्वपूर्ण केही फिल्मको निर्माण घोषणा गरेको थियो । घोषित फिल्मको लिस्टमा प्रतीक्षित फिल्म ’अवतार’ को मात्र ४ सिरिज छन् ।

कोरोना भाइरसको महामारीका कारण रिलिजमा ढिलाई भएको फिल्म ’अवतार २’ का सिरिजहरुलाई दर्शकले लगातार हेर्न पाउने छन् । सन् २००९ मा हेरिएको अवतारको सिक्वेल सन् २०२२ को डिसेम्बर १६ मा हेर्न पाउने छन् । जेस्म क्यामरुनकै निर्देशनमा बन्ने यो फिल्म हलिउड प्रेमी दर्शकका लागि प्रतीक्षित छ । विशेष त अवतारमै उठान गरेको विषयका कारण निर्देशक क्यामरुनले चर्चा पाएका थिए । 

प्रदर्शकहरूको व्यापार मेला मानिने सिनेमांकन समारोहमा निर्माण कम्पनि डिज्नेले यसको केही झल्क देखाउन सक्ने बताइएको छ । फिल्म यसैवर्ष रिलिज हुने भएकाले पनि विस्तारै दर्शक माझ प्रचारप्रसार गर्ने तयारीमा डिज्नी रहेको द हिन्दुमा उल्लेख छ । पत्रिकाको रिपोर्ट अनुसार आज सिनेमांकनमा दर्शकले प्रतीक्षित फिल्मको केही झल्क हेर्नेछन् । 

यस्तै, अवतारको तेस्रो सिरिजलाई सन् २०२४ को डिसेम्बर २० मा रिलिज गर्ने घोषणा निर्माण कम्पनीले गरेको छ । 

सन् २००९ देखि सन् २०२२ सम्म सिक्वेल हेर्न पर्खिएका दर्शकले अब भने यसको अन्य सिरिजहरु २ वर्षको अन्तरालमा हेर्न पाउने घोषणा निर्माण कम्पनीले गरेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  २ : ५५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका