युक्रेनलाई नउक्साउन बेलायतलाई रुसको चेतावनी « Khabarhub

युक्रेनलाई नउक्साउन बेलायतलाई रुसको चेतावनी


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायतले आफ्नो मुलुकविरुद्ध आक्रमण गर्न युक्रेनलाई उक्साएको रुसले आरोप लगाएको छ । रुसको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएको हो ।

‘किभको सत्तालाई यस्तो गतिविधि गर्न लण्डनले उक्साइरहेको छ, यस्तो गर्न खोजेको खण्डमा तत्कालै सोही अनुपातमा हामी प्रतिक्रिया जनाउनेछौँ ।’ रुसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति उद्धृत गर्दै रुसको इन्टरफ्याक्स समाचार संस्थाले जनाएको छ ।

रक्षा मन्त्रालयले ‘लामो दूरीको लक्षित निशानामा सटीक मार हान्न सक्ने हतियारबाट’ किभमा रहेको ‘सम्बन्धित निर्णय लिइने केन्द्रमा’ हमला गर्न रुसी फौज तयार रहेको समेत चेतावनी दिएको छ ।

यसअघि बेलायती रक्षामन्त्री जेम्स हिप्पेले रुसी फौजको आपूर्ति रोक्न युक्रेनले गर्ने आक्रमण जायज रहेको टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ४ : ३१ बजे

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने