बाग्मती नदी नियन्त्रण योजनामा ९६ लाखको भ्रष्टाचार « Khabarhub

बाग्मती नदी नियन्त्रण योजनामा ९६ लाखको भ्रष्टाचार


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय सहयोगमा सर्लाही र रौतहट जिल्लामा बाग्मती नदी नियन्त्रणका लागि सञ्चालित परियोजनामा करिब ९६ लाख रुपैयाँ बराबरको भ्रष्टाचार भएको खुलेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनबाट जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयका कर्मचारी र ठेकेदारको मिलेमतोमा ८५ लाख ९० हजार ६ सय २० रुपैयाँ बराबरको भ्रष्टाचार भएको भेटिएको हो ।

बाग्मती नदी नियन्त्रण आयोजनाको प्योकेज (सी)मा ५० लाख ६४ हजार ६ सय २० र प्याकेट (डी)मा ३५ लाख २६ हजार रुपैयाँ गरी कूल ८५ लाख ९० हजार ६ सय २० रुपैयाँ ठेकेदारलाई अग्रीम भुक्तानी जमानत रकम उपलब्ध गराइएको थियो । तर, कर्मचारीसँगको मिलेमतोमा उक्त रकम फिर्ता नगरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले अनियमितता प्रकरणमा संलग्न रहेको भन्दै जल उत्पन्न प्रकोपट नियन्त्रण डिभिजन कार्यालय नम्बर ३, बाराका तत्कालीन प्रमुख हीराचन्द झासहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ५ : ४२ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा