सिरियामा मानवीय अवस्था गम्भीर रहेको संयुक्त राष्ट्रसंघको प्रतिवेदन « Khabarhub

सिरियामा मानवीय अवस्था गम्भीर रहेको संयुक्त राष्ट्रसंघको प्रतिवेदन


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिरियाको मानवीय अवस्था निकै नै गम्भीर रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

मानवीय सहायतासम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायका उपप्रमुख जोसे मुस्याले सिरियामा मानवीय अवस्था दिनप्रतिदिन गम्भीर र निकै कमजोर बन्दै गएको बताएका हुन् । उनले यसका लागि विश्व समुदायको ध्यानाकर्षण पनि गराएका छन् ।

सिरियामा पछिल्ला वर्षहरूमा आर्थिक अवस्था कमजोर हुँदै गएको र यही आर्थिक संकटकै समयमा राजनीतिक तथा अन्य अवस्था पनि नाजुक भएको उनको भनाइ छ । सन् २०११ बाट सुरु भएको सरकार विरोधी आन्दोलनपछि सिरियामा गृहयुद्धमा फसेको छ ।

त्यसयता सिरियामा आर्थिक संकट निम्तिएको भन्दै सिरियाका अधिकारीहरूले अहिले देशको अवस्था नाजुक भएको बताइरहेका छन् ।

संयुक्त राष्ट्रसंघले अहिले पनि दशौँ लाख सिरियालीहरुले खानाकै लागि संघर्ष गर्नु परिरहेको, खाद्यान्न औषधिजस्तो आधारभूत आवश्यकताहरूको पनि चरम अभाव रहेको तथा राजनीतिक संकट झन् गहिरिँदै जादा यहाँका नागरिक देश छोडेर भाग्नु परेको अवस्था रहेको बताएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ६ : १८ बजे

नेपालमा विपद् : साढे ९ महिनामा ४ सय ३१ जनाको मृत्यु  

काठमाडौं– विभिन्न विपद्का घटनामा परी साढे ९ महिनामा ४ सय

गण्डकीका ३५ सहकारी खारेज

गलकोट– सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराले गण्डकीमा निष्क्रिय रहेका

राष्ट्रियसभामा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा दुईवटा प्रतिवेदन पेस भएका छन् ।

युरोपेली युनियनद्वारा रूसी ग्यासमा प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घका २७ सदस्य राष्ट्रहरूले औपचारिक रूपमा युरोपेली सङ्घमा

अनशनरत अजय सोडारीलाई भेट्न माइतीघर पुगे दुर्गा प्रसाईँ (तस्बिरहरू)

काठमाडौं– विभिन्न माग राखी ९ दिनदेखि काठमाडौँको माइतीघरमा आमरण अनशनमा बसिरहेका जेन-जी