रसायनिक हमलाबारे के सोचिरहेका छन् पुटिनले ? « Khabarhub

रसायनिक हमलाबारे के सोचिरहेका छन् पुटिनले ?


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को – युक्रेन युद्धमा हस्तक्षेप गर्न खोज्नेलाई ‘विजुलीको गतिमा’ जवाफ दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् । ‘हामीसँग सबै उपकरणहरू छन्, जुन कसैले घमण्ड गर्न सक्दैन … आवश्यक परेमा हामी तिनीहरूलाई प्रयोग गर्नेछौं’, राष्ट्रपति पुटिनले भने ।

उनको पछिल्लो भनाईलाई ब्यालिस्टिक मिसाइल र आणविक हतियारहरूको प्रयोगसँग जोडिएको छ ।

ती उपकरणहरू कसरी प्रयोग गर्ने भन्ने निर्णय पहिले नै भइसकेको उनले बताए । तर, त्यसबारे पुटिनले विस्तृत रूपमा भने खुलाएनन् ।

यसअघि रुसले आणविक हमला गर्न सक्ने चेतावनी दिएको थियो । युक्रेनका सहयोगीहरूले हतियारको आपूर्ति बढाएका छन् । युक्रेनले रुसी सेनालाई पराजितको सुनिश्चित गर्ने अमेरिकाले वाचा गर्दैै आएको छ । पूर्वी युक्रेनमा आफ्नो प्रयासमा रुसी सेनालाई बाधा अड्चन आएको पश्चिमी अधिकारीहरूले बताएका छन् ।

राजधानी किभबाट फर्किएपछि गत साता रुसले दोसनबास क्षेत्रलाई नियन्त्रण गर्न प्रमुख हमला गरेको थियो । तर, युक्रेनी फौजलाई पराजित गर्न कठिन भइरहेको र त्यहाँ पनि रुसले क्षति सामना गरिरहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ९ : ०७ बजे

स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

स्याङ्जा- स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियानअन्तर्गत यस वर्ष

सार्वजनिक लेखासहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो

म्याग्दीको घारा हाइड्रोपावरमा पहिरो: एक जना बेपत्ता

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा माथिबाट पहिरो

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको