अछाममा चक्कु प्रहारबाट चार जना घाइते, एक जना पक्राउ « Khabarhub

अछाममा चक्कु प्रहारबाट चार जना घाइते, एक जना पक्राउ


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम – अछाममा चक्कु प्रहारबाट चार जना घाइते भएका छन् । ढकारी गाउँपालिका-१ का मान बहादुर बुढा, हिक्मत बहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढामाथि बुधबार राति चक्कु प्रहार भएको हो ।

स्थानीय तपेन्द्र बुढा लगायत १० जनाको समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

स्थानीयको बिहे भोजमा मदिरा सेवनपछि दुई समूहबीच ढुंगा हानहानको भएको थियो । यही अवस्थामा तपेन्द्र बुढाको समूहले चक्कु प्रहार गरेको प्रहरीको भनाइ छ । तपेन्द्र प्रहरी नियन्त्रणमा छन्। अन्य फरार रहेका छन् ।

चक्कु प्रहार गरी घाइते भएकाहरुको स्वास्थ्य चौकी ढकारीमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । मानबहादुरको टाउको र ढाडमा चोट लागेको छ भने हिक्मतबहादुर टाउको र हातखुट्टामा चोट लागेको छ ।

उनीहरुको अवस्था गम्भीर छ । तुलसी बुढाको टाउकोमा र खगेन्द्र बुढाको हात-खुट्टामा चोट लागेको छ । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ९ : ४६ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को