कांग्रेससँग तालमेल गर्ने  कर्णबहादुर मल्लको संकेत « Khabarhub

कांग्रेससँग तालमेल गर्ने  कर्णबहादुर मल्लको संकेत


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– नेपाली कांग्रेस डडेल्धुराका पूर्व जिल्ला सभापति कर्णबहादुर मल्लले  कांग्रेससँग तालमेल हुन सक्ने संकेत गरेका छन्। 

बिहीबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै उनले करुवा र रूख चुनाव चिह्नबीच तालमेल हुन सक्ने संकेत गरेका हुन्। शेरबहादुर देउवाले मिलेर जाउँ भनेपछि एमालेसँगको गठबन्धन के हुन्छरु भन्ने पत्रकारको प्रश्नमा जवाफ दिँदै मल्लले करुवा र रूख चुनाव चिह्नबीच तालमेल गराए स्वीकार्य हुने बताएका हुन्। 

उनले आफूहरूको बटमलाइन अमरगढीको मेयर हरि भट्ट रहेको समेत बताए। मल्लको यो भनाइले मल्लपक्षसँग गठबन्धन गरेको एमालेलाई सकस पर्ने भएको छ। दुई भागमा बाँडिएको कांग्रेस डडेल्धुराको मल्ल पक्षले नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ।

पहिलादेखि रुष्ट बनेको मल्ल समूहले कांग्रेस बिपीबाट उम्मेदवारी दिएर एमालेसँग गठबन्धन गरेको थियो। जसअनुसार दुबै पक्षले तालमेल गरेर जिल्लाका ७ वटै स्थानीय तहमा चुनावी तालमेल गर्न निर्णयसँगै उम्मेदवारी दिएका छन्। 

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  १ : ३४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै