यस वर्ष दादुराका रोगी ८० प्रतिशतले बढेको विश्व स्वास्थ्य संगठनको तथ्यांक सार्वजनिक « Khabarhub

यस वर्ष दादुराका रोगी ८० प्रतिशतले बढेको विश्व स्वास्थ्य संगठनको तथ्यांक सार्वजनिक


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यस वर्ष विश्वभर दादुराका घटनाहरू लगभग ८० प्रतिशतले बढेको राष्ट्र संघले जनाएको छ । रोग वृद्धिले अन्य रोगहरूको प्रकोप बढ्ने सम्भावना तर्फ संकेत गरेको पनि राष्ट्र संघले चेतावनी दिएको छ ।

कोरोना भाइरस महामारीले विश्वभर गैरकोभिड रोगहरूका लागि खोप अभियानहरू अवरुद्ध भएको र यसले लाखौं बालबालिकाको जीवनलाई जोखिममा पार्न सक्ने राष्ट्रसंघीय बाल कोष युनिसेफ र विश्व स्वास्थ्य संगठनले जनाएका छन् । 

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार जनवरी र फेब्रुअरीमा विश्वभर १७ हजार ३ सय ३८ जनामा दादुरा देखिएको छ । गत वर्ष सोही अवधिमा ९ हजार ६ सय ६५ जनामा यो रोग देखिएको थियो । 

पछिल्लो १२ महिना यता दादुराका २१ वटा ठूला प्रकोप देखिएका छन् । तीमध्ये अधिकांश अफ्रिका र पूर्वी भूमध्यसागरमा देखिएको बताइएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  २ : ३४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना