तिब्बतबाट साङ्घाईमा याकको मासु र पिउने पानी आपूर्ति « Khabarhub

तिब्बतबाट साङ्घाईमा याकको मासु र पिउने पानी आपूर्ति


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमण बढिरहेका कारण लकडाउन घोषणा गरिएको चीनको साङ्घाई शहरतर्फ तिब्बतबाट ठूलो परिमाणमा याकको मासु र पिउने पानी लगिएको छ ।

‘महामारी विरुद्धको आपूर्ति’ का रुपमा तिब्बतबाट ३ हजार टन पिउने पानी र १ सय टन याकको सुख्खा मासु साङ्घाईतर्फ लगिएको हो ।

साङ्घाईमा पछिल्लो समय कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गइरहेको बताइएको छ ।

तिब्बती अधिकारवादी समूहलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार ‘तिब्बत स्वशासित क्षेत्रस्थित सत्तारुढ कम्युनिष्ट पार्टीको सरकार तथा समितिको निर्देशनमा तिब्बतबाट ती सामान साङ्घाईतर्फ आपूर्ति गरिएको हो ।

यता चीनको सरकार नियन्त्रित टेलिभिजन नेटवर्क सीजीटीएनले भने तिब्बतले ती सामान ‘दान’ गरेको टिप्पणी गरेको छ ।

यसअघि चीनमा कोरोना भाइरसको पहिलो लहरका बेला पनि तिब्बतबाट जडिबुटीहरू प्रभावित क्षेत्रतर्फ लगिएको जनाइएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ७ : ४९ बजे

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल

ग्रिसको एक्रोपोलिस नजिक भवनमा विस्फोट, दुई अचेत व्यक्तिको उद्धार

एथेन्स- ग्रिसको राजधानी एथेन्सस्थित पर्यटकीय क्षेत्र प्लाकामा शुक्रबार भएको विस्फोटपछि

बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

बागलुङ– बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान