तामझामका साथ खुलाइको तातोपानी नाका अझै सञ्चालनमा आएन « Khabarhub

तामझामका साथ खुलाइको तातोपानी नाका अझै सञ्चालनमा आएन


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तामझामका साथ जेठ १५ गते पुनः सञ्चालनमा ल्याइएको तातोपानी अझै सञ्चालनमा आउन सकेको छैन । वि. सं. २०७२ मा भूकम्पका कारण बन्द भएको उक्त नाका, दई–देशीय अधिकारीहरुको उपस्थितिमा जेठ १५ गते पुनः संचालनमा ल्याइएको थियो ।

रेड कार्पेट बिछ्याएर ४ कन्टेनर ऊन नेपाल भित्राएपछि बन्द भएको नाका सञ्चालनमा आउन सकेको छैन । तातोपानी भन्सार कार्यलयका अनुसार जेठ १५ यता कुनैपनि मालबाहक वस्तु आवतजावत भएका छैनन् । भौतिक संरचनाको आभावको कारण नाका संचालनमा आउन नसकेको भन्सारका अधिकारी बताउछन् ।

तातोपानी भन्सार कार्यलयका प्रमुख कृष्ण बस्नेत भन्छन् ‘अहिले बन्दरगाहाको समस्या छ, चीनले नेपालमा बन्दरगाहा निर्माण गरिसकेको छ तर हस्तानतरण भने गर्न बाँकी छ’ ।

तातोपानी देखि ६ किलोमिटर तल लार्चामा चीन सरकारले सुख्खा बन्दरगाहा निर्माण गरि सके पनि आन्तरिक पूर्वाधार तथा सञ्चार संयन्त्र जडान नभएका कारण बन्दरगाहा हस्तान्तरण हुन पाएको छैन् ।

उक्त बन्दरगाहा नेपाललाई हस्तानतरण हुने वितिकै दु्रत गतिमा नाका संचालनमा आउने बस्नेतको भनाइ छ ।  हाल तातोपानी भन्सारको लागी १५ जना कार्मचारी खटाइएको छ । नाका सञ्चालनमा आउन नसकेपछि कर्मचारीहरु बेकामे भएर थन्किएका छन् ।

स्थानीयहरुका अनुसार सर्वसाधरणलाई समेत उक्त नाकाबाट पहिले जस्तै सजिलै चीन प्रवेश गर्न दिइएको छैन ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ९ : २८ बजे

करको दर पुनरावलोकन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको भन्दै

निजी सञ्चार माध्यममा विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति

काठमाडौँ – निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ – नेपाली कांग्रेसले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न

कैलालीमा छतबाट खसेर प्रहरी कार्यालयका सहयोगीको मृत्यु

कैलाली – भान्साको माथिल्लो तलाबाट खसेर सुदूरपश्चिम प्रदेश प्रहरी गण

पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण जनजीवनमा