चाम्सको ‘वर एण्ड वधु’ मा साम्राज्ञी « Khabarhub

चाम्सको ‘वर एण्ड वधु’ मा साम्राज्ञी


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह मिलन चाम्सले निर्देशन गर्ने फिल्म ‘वर एण्ड वधु’ मा भित्रिएकी छन् । यसअघि आँचल शर्मा र विवेक कर्माचार्य अनुबन्धित भइसकेको फिल्ममा साम्राज्ञीलाई केही दिन अगाडि मात्र अनुबन्धित गरिएको निर्देशक चाम्सले बताए । 

चाम्सकै एक अनटाइटल फिल्ममा समेत साम्राज्ञी यसअघि नै अनुबन्धित भइसकेकी छन् । ‘सम्राज्ञीको पपुल्यारिटीलाई बुझेर नै हामीले फिल्ममा भूमिका दिएका छौँ । अहिले उनको भूमिकाको बारेमा धेरै खुलाउन मिल्दैन’ निर्देशक चाम्सले भने । 

उनले सम्राज्ञीलाई भूमिका मन परेकै कारण फिल्म गरेको बताएका छन् । राम-कम जनरमा निर्माण हुने फिल्ममा प्रदीप भारद्वाजको लेख्न रहेको छ । एलआर के इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्ममा हिमेश पन्त, किरण केसी, विजय लामा समेत अनुबन्धित भइसकेका छन् ।

 वैशाख ३० गते हुने स्थानीय चुनावपछि फ्लोरमा लैजाने तयारीमा निर्देशक चाम्स छन् । चाम्स निर्देशित ‘गोर्खा वारियर २’ निर्माणाधीन छ ।

 

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  १२ : १५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल