गठबन्धनमा कांग्रेस इमान्दार नहुँदा तालमेल हुन सकेन : कुँवर « Khabarhub

गठबन्धनमा कांग्रेस इमान्दार नहुँदा तालमेल हुन सकेन : कुँवर


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम – नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष शेरबहादुर कुँवरले सत्तारुढ गठबन्धनमा कांग्रसले इमान्दारिता नदेखाएको आरोप लगाएका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि समाजवादी पार्टीले हदैसम्मको लचकता अपनाए पनि कांग्रेसले ईमान्दारिता नदेखाएका कारण तालमेल हुन नसकेको बताएका हुन् ।

कांग्रेस चेन अफ कमाण्डमा नचल्दा समाजवादी र माओवादी केन्द्रले आ–आफ्नै उम्मेदारी दर्ता गरेको उनले सुनाए । ‘गठबन्धन भनेको लिने र दिने हो, कांग्रेसले त्यसलाई स्वीकार गर्न नसक्दा अछाममा त्यसको असर पर्‍यो,’ उनले भने।

अछाममा सत्तारुढ दलबीच पालिकाको सिट भागबण्डा नमिलेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी छुट्टा-छुट्टै चुनाव अभियानमा जुटेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ६ : ३७ बजे

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका