सिरहामा १० जनाको उम्मेद्वारी फिर्ता | Khabarhub Khabarhub

सिरहामा १० जनाको उम्मेद्वारी फिर्ता


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा – ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेद्वारी मनोनयन दर्ता गराएका ६ जना मेयर र ४ जना उपमेयरसहित १० जनाले उम्मेद्वारी फिर्ता लिएका छन् ।

नेकपा (एकीकृत समाजवादी) बाट गोलबजार नगरपालिकामा मेयर पदमा उम्मेद्वारी दिएका धर्मनाथ महतो र उपाध्यक्षका उम्मेद्वार गोमा लम्सालले मनोयन फिर्ता लिएका छन्। उनीहरुले स्थानीयस्तरमा नेकपा (माओवादी केन्द्र)लाई सहयोग गर्ने भएको छ।

जनता समाजवादीबाट धनगढीमाई नगरपालिकामा मेयर पदमा उम्मेद्वारी दिएका विनोद चौधरी, औरही गापामा अध्यक्ष पदमा राप्रपाबाट उम्मेदवारी दिएका सुकदेव यादव र जसपाबाट उम्मेद्वारी दिएका रामविलास यादवले पनि उम्मेद्वारी फिर्ता लिएका छन्।

भगवानपुर गाउँपालिकाबाट अध्यक्ष पदका उम्मेद्वार रामकुमार यादव र कुन्ति कुमारी यादवले पनि उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जनाएको छ।

त्यसैगरी, उपाध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेद्वारी दिएकी पुनम मोची, लोसपाबाट मिर्चैया नगरपालिकाको उपमेयरमा उम्मेद्वारी दिएकी गुरीया कुमारी, सुखिपुर नपामा नेपाली काँग्रेसबाट उपमेयरका उम्मेद्वार बनेकी सुनिता कुमारी यादवले पनि आफ्नो मनोनय फिर्ता लिएकी छन्।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  १२ : ३३ बजे

भारत र फिजीका रक्षा अधिकारीबीच बैठक सम्पन्न

काठमाडौं– भारत र फिजीका अधिकारीबीच रक्षा सहकार्यबारे संयुक्त कार्यसमूहको बैठक

राहदानी ठेक्का प्रकरणमा पुनरावलोकन समितिको ठहर – ‘अन्यथा मान्न सकिएन’

काठमाडौँ – राहदानी विभागले मङ्सिरमा अघि बढाएको ६० लाख थानभन्दा

कांग्रेस–एमालेबीच तीन किचलो : भूमि, ‘कुलिङ पिरियड’ र तातेको शीतलनिवास

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच खटपट देखिएको

आवश्यकताअनुसार संविधान संशोधन हुन्छ : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यकताअनुसार संविधान