एन्फा अन्तर्राष्ट्रिय विभाग प्रमुख पाँडेले दिए राजीनामा « Khabarhub

एन्फा अन्तर्राष्ट्रिय विभाग प्रमुख पाँडेले दिए राजीनामा


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) का अन्तर्राष्ट्रिय विभाग प्रमुख नविन पाँडेले पदबाट राजीनामा दिएका छन् । एन्फा नेतृत्वसँग असन्तुष्ट जनाउँदै पाँडेले सोमबार एन्फा महासचिव इन्द्रमान तुलाधरसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासँग असन्तुष्टि जनाउँदै आएका उनले अन्तराष्ट्रिय विभाग प्रमुख र एन्फा अध्यक्षको सल्लाहकार पदबाट राजीनामा दिने निर्णय गरेका हुन् ।

राजीनामा पत्रमा उनले फुटबलको सेवा गर्ने मौका दिएकोमा एन्फालाई धन्यवाद दिएका छन् । नेपाली फुटबललाई समर्थन गर्ने आफ्नो अठोट जिवनको एउटा अंग भएको उल्लेख गर्दै उनले आफु जहाँ भएपनि फुटबललाई सहयोग गर्न पाउदाँ खुसी हुने बताए ।

उनले नेपाली फुटबलको विकासको कामना गर्दै एन्फाका महासचिव ईन्द्रमान तुलाधरलाई राजीनामा पत्र बुझाएको उल्लेख गरेका छन् ।

पाँडे जर्मन नागरीक हुन भने उनलाई फिफा कांग्रेसमा उपस्थित गराएको भन्दै एन्फाको पटक पटक आलोचनासमेत हुँदै आएको थियो । त्यसो त परिवर्तन एन्फा भन्ने शेर्पा नेतृत्वले तत्कालीन एन्फा अध्यक्ष गणेश थापाविरुद्ध अभियान चलाउँदा पाँडे पनि त्यसका मुख्य हिस्सेदार बनेका थिए ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ७ : ५८ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको