एन्फा अन्तर्राष्ट्रिय विभाग प्रमुख पाँडेले दिए राजीनामा « Khabarhub

एन्फा अन्तर्राष्ट्रिय विभाग प्रमुख पाँडेले दिए राजीनामा


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) का अन्तर्राष्ट्रिय विभाग प्रमुख नविन पाँडेले पदबाट राजीनामा दिएका छन् । एन्फा नेतृत्वसँग असन्तुष्ट जनाउँदै पाँडेले सोमबार एन्फा महासचिव इन्द्रमान तुलाधरसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासँग असन्तुष्टि जनाउँदै आएका उनले अन्तराष्ट्रिय विभाग प्रमुख र एन्फा अध्यक्षको सल्लाहकार पदबाट राजीनामा दिने निर्णय गरेका हुन् ।

राजीनामा पत्रमा उनले फुटबलको सेवा गर्ने मौका दिएकोमा एन्फालाई धन्यवाद दिएका छन् । नेपाली फुटबललाई समर्थन गर्ने आफ्नो अठोट जिवनको एउटा अंग भएको उल्लेख गर्दै उनले आफु जहाँ भएपनि फुटबललाई सहयोग गर्न पाउदाँ खुसी हुने बताए ।

उनले नेपाली फुटबलको विकासको कामना गर्दै एन्फाका महासचिव ईन्द्रमान तुलाधरलाई राजीनामा पत्र बुझाएको उल्लेख गरेका छन् ।

पाँडे जर्मन नागरीक हुन भने उनलाई फिफा कांग्रेसमा उपस्थित गराएको भन्दै एन्फाको पटक पटक आलोचनासमेत हुँदै आएको थियो । त्यसो त परिवर्तन एन्फा भन्ने शेर्पा नेतृत्वले तत्कालीन एन्फा अध्यक्ष गणेश थापाविरुद्ध अभियान चलाउँदा पाँडे पनि त्यसका मुख्य हिस्सेदार बनेका थिए ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ७ : ५८ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले