नेपाल र जिम्बाब्वेबीचको संशोधित खेल तालिका सार्वजनिक « Khabarhub

नेपाल र जिम्बाब्वेबीचको संशोधित खेल तालिका सार्वजनिक


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट संघ क्यानले जिम्बाब्वे ‘ए’ सँगको सिरिजको संशोधित खेलतालिका सार्वजनिक गरेको छ । क्यानले शनिबार सार्वजनिक गरेको नयाँ तालिकाअनुसार बैशाख १८, १९ र २० गते टी–ट्वान्टी सिरिज खेलाइने छ ।

यस्तै, तीन एक दिवसीय सिरिजमध्ये पहिलो खेल बैशाख २३ ग गते खेलाइने छ । दोस्रो एक दिवसीय खेल २४ गते र तेस्रो २६ गते खेलिने भएको छ ।

यसअघि बैशाख १७ गते एकदिवसीय खेलसँगै सिरिजको आरम्भ हुने तालिका रहेको थियो । तर, पहिलो खेल नै वर्षाका कारण प्रभावित भएसँगै खेल तालिका परिमार्जन गरिएको हो ।

अमेरिकामा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरुप नेपालले जिम्बाब्वे ए टोलीसँग सिरिज खेल्न लागेको हो ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ५ : ३८ बजे

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको