आईपीएलमा बैङ्गलोरद्वारा गुजरातलाई १७१ रनकाे लक्ष्य | Khabarhub Khabarhub

आईपीएलमा बैङ्गलोरद्वारा गुजरातलाई १७१ रनकाे लक्ष्य


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इण्डियन प्रिमियर लिग आईपीएलमा रोयल च्यालेन्जर्स बैङ्गलोरले गुजरात टाइटन्सलाई १ सय ७१ रनको लक्ष्य दिएको छ ।

भारतको पुणेमा जारी खेलको पहिलो इङ्ग्सिमा टस जितेर पहिले ब्याटिङ रोजेको बैङ्गलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएपछि गुजरातले १७१ रनको लक्ष्य पाएको हो । बैङ्गलोरका लागि विराट कोहलीले ५८ रन र रजत पतिडारले ५२ रन जोडे ।

आईपीएलको यो सिजनमा कोहलीको पहिलो अर्धशतक हो ।  कोहलीले ५३ बलमा ६ चौका र १ छक्का प्रहार गर्दैँ ५८ रन बनाए ।

त्यस्तै, रजत पातिडारले ३२ बलमा ५ चौका र २ छक्का प्रहार गर्दैँ ५२ रन जोडे । गुजरातका प्रदिप साङ्गवानले २ र मोहम्मद शामीले १ विकेट लिए ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ५ : ५३ बजे

नेपाल प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा, ‘टाइगर’ कुकुर पुरस्कृत

काठमाडौं– यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा नेपाल प्रहरी

बोखिमका किसानलाई नौ हजार किलो उन्नत आलुको बीउ वितरण

भोजपुर– भोजपुर नगरपालिका–५ बोखिमका किसानलाई नौ हजार किलो उन्नत जातको

ललितपुरमा दुईवटा जुवाखालबाट १९ जना समातिए, १३ लाख बरामद

ललितपुर – जिल्ला प्रहरी परिसर ललितपुरले दुई अलग-अलग स्थानमा छापा

मोडर्न कन्या मल्टिपल कलेजले मनायो देवकोटाको ११७औँ जन्मजयन्ती

काठमाडौं– मोडर्न कन्या मल्टिपल कलेज, काठमाडौँले आज एक कार्यक्रम आयोजना

फूलखेतीबाट मनग्य आम्दानी गर्दै सीताराम

घोडाघोडी– कैलालीको टिकापुर नगरपालिका–१ वनगाउँका सीताराम चौधरीको जीवन अहिले फूलले