जिम्बावेविरुद्ध टी-२० : नेपाली टिमको घोषणा | Khabarhub Khabarhub

जिम्बावेविरुद्ध टी-२० : नेपाली टिमको घोषणा


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिम्बावे ‘ए’ विरुद्धको टी-२० शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

शनिबार नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले सन्दीप लामिछानेको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

नेपालले घरेलु मैदानमा जिम्बावेविरुद्ध तीन एकदिवसीय र तीन ट्वान्टी २० क्रिकेट शृंखला खेल्ने तालिका छ ।

यसअघि नेपालले जिम्बावेविरुद्ध पहिले एकदिवसीय शृंखलाको खेल्ने तालिका रहे पनि वर्षाका कारण आज हुने तय भएको पहिलो खेल स्थगित भएको थियो ।

यसैकारण नेपाल क्रिकेट संघ (क्यान) ले शृंखलाको नयाँ तालिका बनाएको थियो । जसमा दुई टोलीले सुरुमा ट्वान्टी २० शृंखला खेल्ने तय गरिएको थियो ।

नेपालले पहिलाे पटक टेस्ट मान्यता राष्ट्रकाे टाेलीविरुद्ध घरेलु मैदानमा क्रिकेट शृंखला खेल्न लागेको हो ।

ट्वान्टी–२० शृंखलाका लागि घोषित नेपाली टोलीः
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, अविनास बोहरा, सागर ढकाल, साहब आलम, किशोर महत्तो, विवेक यादव, बसिर अहमेद, लोकश बम र भिम कार्की ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ८ : १८ बजे

नेपाल प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा, ‘टाइगर’ कुकुर पुरस्कृत

काठमाडौं– यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा नेपाल प्रहरी

बोखिमका किसानलाई नौ हजार किलो उन्नत आलुको बीउ वितरण

भोजपुर– भोजपुर नगरपालिका–५ बोखिमका किसानलाई नौ हजार किलो उन्नत जातको

ललितपुरमा दुईवटा जुवाखालबाट १९ जना समातिए, १३ लाख बरामद

ललितपुर – जिल्ला प्रहरी परिसर ललितपुरले दुई अलग-अलग स्थानमा छापा

मोडर्न कन्या मल्टिपल कलेजले मनायो देवकोटाको ११७औँ जन्मजयन्ती

काठमाडौं– मोडर्न कन्या मल्टिपल कलेज, काठमाडौँले आज एक कार्यक्रम आयोजना

फूलखेतीबाट मनग्य आम्दानी गर्दै सीताराम

घोडाघोडी– कैलालीको टिकापुर नगरपालिका–१ वनगाउँका सीताराम चौधरीको जीवन अहिले फूलले