सन् २०२१ मा युरोप जाने क्रममा भूमध्यसागरमा ३ हजारभन्दा बढीको मृत्यु « Khabarhub

सन् २०२१ मा युरोप जाने क्रममा भूमध्यसागरमा ३ हजारभन्दा बढीको मृत्यु


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा – गत वर्ष युरोप जाने क्रममा भूमध्यसागर र एट्लान्टिकमा ३ हजारभन्दा बढी व्यक्तिको मृत्यु वा बेपत्ता भएका संयुक्त राष्ट्रसंघले जनाएको छ । यो संख्या सन् २०२० को तुलनामा दोब्बर हो ।

गत वर्ष भूमध्यसागर र एट्लान्टिक मार्गहरू पार गर्ने क्रममा ३ हजार ७७ जना हराएका थिए । जवकी सन् २०२० मा यो संख्या १५४४ थियो ।

यस वर्षको सुरुदेखि अहिलेसम्म थप ४७८ व्यक्तिहरूको समुद्रमा मृत्यु भएको वा बेपत्ता भएका शरणार्थीहरुका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)का प्रवक्ता साबिया मन्टुले जेनेभामा पत्रकारहरूलाई जानाकारी दिए ।

राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरको पछिल्लो प्रतिवेदनले शरणार्थी र युरोप पुग्न खोज्ने अन्य आप्रवासीहरूबीच बढ्दो मृत्युलाई रोक्न तत्काल कदम चाल्न माग गरेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ६ : ४४ बजे

राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित मितिमै प्रतिनिधिसभा

नियमित महाधिवेशन अनिश्चित बनेपछि विशेष महाधिवेशनका लागि कांग्रेस नेतृत्वलाई दबाब

काठमाडौं- प्रमुख दल नेपाली कांग्रेसमा आगामी पुस २६ गतेदेखि पन्ध्रौँ

आमा भन्छिन्- बेलुका भएपछि छोरो घर आउला जस्तो लाग्छ

काठमाडौं– बिहान घरबाट ‘मेनपावर’ जान्छु भनेर हिँडेको छोरो बेलुका यो संसारमा

शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले गरेँ पद बहाली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री