धर्म, संस्कृति र परम्पराको रक्षा गर्दा देश विकास हुन्छ : कमल थापा   « Khabarhub

धर्म, संस्कृति र परम्पराको रक्षा गर्दा देश विकास हुन्छ : कमल थापा  


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले देश विकासको नयाँ अवधारणा अघि सारेका छन् ।

देशको विकास नभएको भन्दै जनताले बारम्बार असन्तुष्टि जनाउँदै आएका बेला उनले सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरेर देशको विकास गर्न सकिने बताएका छन् ।
देश विकासको यही उपयुक्त बाटो भन्ने मान्यता बोकेर बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लागिएको पनि बताए । अभियानलाई उनले ‘म्याराथन’ दौड भएको सामाजिक सञ्जाल ट्विटरमा आइतबार बिहान लेखेका छन् ।

थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पूर्वराजा ज्ञानेन्द्रसँग असन्तुष्टि जनाउँदै अलग भएर राप्रपा नेपालमा पुगेका नेता हुन् ।

उनले राजतन्त्रको एजेण्डा त्यागेका छन् । अहिले उनले राप्रपा नेपालबाट हिन्दु राष्ट्रको मात्रै एजेण्डा बोक्दै आएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १० : १२ बजे

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री