धोनीको कप्तानीमा चेन्नाई तेस्रो जितको खोजीमा | Khabarhub Khabarhub

धोनीको कप्तानीमा चेन्नाई तेस्रो जितको खोजीमा


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इण्डियन प्रिमियर लिग आईपीएलमा आइतबार २ खेल हुँदैछन् ।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियमा दिउँसो पौने ४ बजे  दिल्ली क्यापिट्ल्स र लखनउ सुपर जायन्ट्स भिड्दै छन् ।

दिल्ली पाँचौँ जितको खोजीमा छ भने लखनउ सातौँ जित निकाल्ने योजनामा छ । ८ खेलमा ४ मा जित निकालेको दिल्ली ८ अंकसहित तालिकाको छैटौँ स्थानमा छ । ९ खेलमा ६ मा जित निकोलेको लखनउ १२ अंकसहित तेस्रो स्थानमा छ ।

आजको दोस्रो खेलमा सनराईजर्स हैदराबाद र चेन्नाई सुपर किङ्ग्स राति पौने ८ बजे भिड्नेछन् । हैदराबाद छैटौँ जितको खोजीमा छ भने चेन्नाई तेस्रो जित निकाल्ने योजनामा रहेको छ ।

चेन्नाईका कप्तान रविन्द्र जडेजाले महेन्द्रसिंह धोनीलाई सोमबार कप्तानको जिम्मेवारी हस्तान्तरण गरेका थिए । जडेजाले आफ्नो खेलमा ध्यान केन्द्रीत गर्न धोनीलाई प्रस्ताव राखेका थिए । सो प्रस्तावलाई धोनीले स्वीकारे । धोनीको कमानीमा चेन्नाईले यो सिजनको आईपीएलमा पहिलो खेल खेल्दैछ ।

८ खेलमध्ये ५ मा जित निकालेको हैदराबाद १० अंकसहित तालिकाको चौथो स्थानमा छ । ८ खेलमध्ये २ मा जित निकालेको चेन्नाई ४ अंकसीहत ९ औँ स्थानमा छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १२ : २१ बजे

रुस-युक्रेन युद्ध : आज ट्रम्प र पुटिनले वार्ता गर्दै

अलास्का- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनबीचमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल साउन ३० गते शुक्रबार। भाद्र

आज २०८२ साल साउन ३० गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ३० गते शुक्रबार। भाद्र

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय