मजदुर आन्दोलनको विरासत एमालेसँग रहेको अध्यक्ष ओलीको दाबी « Khabarhub

मजदुर आन्दोलनको विरासत एमालेसँग रहेको अध्यक्ष ओलीको दाबी


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले मजदुर आन्दोलनको विरासत आफ्नो पार्टीसँग रहेको दाबी गरेका छन्  । 

१३२ औँ श्रमिक दिवसको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले मजदुर आन्दोलनको विरासत एमालेसँग रहेको दाबी गरेका हुन् । 

‘नेपालमा २००३ सालमा पहिलो संगठित मजदुर आन्दोलन सुरु भयो । राणशाहीलाई श्रमजीवी जनतासँग सम्झौता गर्न बाध्य पार्ने त्यस आन्दोलनको गौरवशाली विरासत हाम्रो पार्टी नेकपा (एमाले) सँग छ,’ आफ्नो शुभकामना सन्देशमा ओलीले भने, ‘हाम्रो पार्टीको वैचारिक मार्गदर्शनमा क्रियाशील नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) त्यही गौरवशाली आन्दोलनको वाहक नेपालको पहिलो मजदुर आन्दोलनको निरन्तरता हो । एसियाका प्रभावशाली ट्रेड युनियनहरु मध्येमा गणना हुने जिफण्ट नेपालमा राष्ट्रिय मान्यता प्राप्त सबैभन्दा प्रतिनिधिमूलक शसक्त पहिलो ट्रेड युनियन महासंघ हो ।’

एमाले नेतृत्वको सरकारले औद्योगिक प्रतिष्ठान र श्रमिकहरूका सरोकारवालाहरूलाई सम्बोधन गरी सुस्थिर औद्योगिक वातावरण र श्रमिकको सुरक्षित तथा सम्मानित जीवनको सुनिश्चित गर्ने काम गरेको ओलीले बताए । 

नेपालको संविधानले मौलिक हक र कर्तव्यमा श्रमिकका अधिकार सुनिश्चित गरेको जानकारी दिँदै उनले नयाँ श्रम ऐनमार्फत श्रमजीवी वर्गको सामाजिक सुरक्षा र रोजगारदाताहरूका लागि लचकतायुक्त श्रम बजारको सुनिश्चितता गरी औद्योगिक क्षेत्रमा अनावश्यक हड्ताल र संघर्ष गर्नु नपर्ने अवस्था सिर्जना गरेको बताए ।

Avatar

 

Avatar

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १ : ३० बजे

सुनको मूल्य तोलाको ३ लाख २ हजार ३ सय रुपैयाँ पुग्यो

काठमाडौँ – बुधबार सुनचाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी

भूमि प्रशासन बाँकेद्वारा ७४ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२–८३

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त