श्रीलंकामा औषधिको मूल्यमा ४० प्रतिशत वृद्धि | Khabarhub Khabarhub

श्रीलंकामा औषधिको मूल्यमा ४० प्रतिशत वृद्धि


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आर्थिक संकटसँग जुधिरहेको श्रीलंकाले सामान्य रूपमा प्रयोग हुने औषधिको मूल्यमा तीव्र वृद्धि गरेको छ । श्रीलंकामा  एन्टिबायोटिक्स, पेन किलर्स र मुटुसम्बन्धी औषधिको मूल्यमा ४० प्रतिशत वृद्धि गरिएको बीबीसीले जनाएको छ ।

पछिल्लो समय चरम आर्थिक संकटका कारण श्रीलंकामा औषधिको चरम अभाव देखिएको छ । त्यहाँ औषधि आपूर्तिका लागि विदेशमा नै निर्भर हुनुपर्ने बाध्यता रहेको बताइएको छ । यो ६ हप्ताको अवधिमा दोस्रो वृद्धि हो ।

यसअघि सरकारले खाद्यान्न र औषधिहरूसहित केही आवश्यक वस्तुहरूको आयातमा प्रतिबन्ध लगाएको थियो । ‘यो सरकारले स्वेच्छाले गरेको निर्णय होइन’, श्रीलंकाका सञ्चारमन्त्री नालाका गोदाहेवाले बीबीसीलाई बताए ।

श्रीलंकाली रुपैयाँको अवमूल्यन र अधिकांश औषधि निजी क्षेत्रबाट आयात हुने भएकाले सरकारसँग विकल्प नभएको उनले बताए । मूल्य वृद्धि नगरे गम्भीर अभाव हुन सक्ने समेत उनको चेतावनी छ । 

यता औषधि अभावका कारण तोकिएभन्दा कम औषधि किन्न बाध्य भएको स्वास्थ्यकर्मीहरू बताउँछन् । 

‘अवस्था निकै खराब छ । कहिलेकाहीँ एन्टिबायोटिकहरू पाँच दिनको लागि निर्धारित गरिन्छ । तर, अहिले मेरा ग्राहकले दुई तीन दिनको लागि मात्र एन्टिबायोटिक मागिरहेका छन्’, कोलम्बोमा फार्मेसी चलाउने रुचिरा हेवावासमले बीबीसीलाई भनिन् । 

उच्च मूल्य तिर्न इच्छुक र सक्षम भएकाहरूका लागि पनि केही औषधिहरूको आपूर्ति कम भएकोमा केही चिन्तित रहेको जनाइएको छ ।

मध्य रत्नपुरा जिल्लामा बस्ने वेलुपिल्लई विग्नेश्वरन विगत एक वर्षदेखि गम्भीर न्युरोलोजिकल डिसअर्डरबाट पीडित आफ्नी बहिनीका लागि औषधिको ट्याब्लेट खोजिरहेको बताउछन् । 

‘हामीले धेरै फार्मेसीहरू खोज्यौँ तर औषधिहरू उपलब्ध छैनन् । डाक्टरहरूले हामीलाई फरक औषधि नखान सल्लाह दिएका छन् । हामी हाम्रा साथीहरूमार्फत भारतबाट औषधि ल्याउँदै छौँ,’ उनले भने ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १ : ३८ बजे

टप एन्ड टी-२० सिरिज: आज अस्ट्रेलियासँग भिड्दै नेपाल

काठमाडौं – बिहीबारदेखि अस्ट्रेलियामा सुरु भएको टप एन्ड टी–२० सिरिजमा

मानव–वन्यजन्तु द्वन्द्व घटाउन पोखरी निर्माण

दमौली– वनमा पानीको स्रोत मासिँदै गएपछि मानव वस्तीमा वन्यजन्तु आउन

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची 

काठमाडौं– सङ्घीय संसद् राष्ट्रियसभाको बैठक बिहान ११ः४५ बजे सङ्घीय संसद्

रुस-युक्रेन युद्ध : आज ट्रम्प र पुटिनले वार्ता गर्दै

अलास्का- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनबीचमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय