कञ्चन र सुदर्शनको कारबाही फिर्ता गर्न विप्लवमाथि महासंघको दबाब « Khabarhub

कञ्चन र सुदर्शनको कारबाही फिर्ता गर्न विप्लवमाथि महासंघको दबाब


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघले सचिवालय सदस्यहरू धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ माथिको कारबाही फिर्ता गर्न महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई दबाब दिएको छ । 

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघले दुई नेतामाथिको कारबाही फिर्ता लिएर पार्टीलाई एक ढिक्का बनाउनसमेत आह्वान गरेको छ । 

महासंघले पार्टीमा विवाद सिर्जना हुनुको कारण संसदीय व्यवस्था नमान्ने, निर्वाचनमा भाग नलिने र देशभक्त, बुद्धिजीवी, एमसीसीविरोधी स्वतन्त्र उम्मेदवारलाई सहयोग गरी जाने निर्णयको कार्यान्वयन सन्दर्भमा उत्पन्न विवाद भनेको छ । 

विवादकै बीच कञ्चन र सुदर्शनलाई महासचिव विप्लवले गरेको कारबाहीलाई महासंघले ‘कथित कारबाही’ भन्दै टिप्पणी पनि गरेको छ । 

विज्ञप्तिमार्फत महासंघले संसदीय दलदलमा नफस्न, विवादित विषयलाई मिलाएर लान, कारबाही फिर्ता गरी बैठक, भेला आयोजना गर्दै समस्याको हल खोज्न पनि सुझाएको छ । 

महांसघ अध्यक्ष हरि श्रेष्ठ, उपाध्यक्षहरू कालीबहादुर शाही र कर्ण सेन, महासचिव सागर अर्याल, सचिवहरू सागर तामाङ, दावा हेम्बो र कोषाध्यक्ष दिनेश निरौलाको विज्ञप्तिमा हस्ताक्षर छ । 

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  २ : २९ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक