काठमाडौँमा अनुभवी व्यक्तिलाई उम्मेदवार बनाएका छौँ : अध्यक्ष ओली  « Khabarhub

काठमाडौँमा अनुभवी व्यक्तिलाई उम्मेदवार बनाएका छौँ : अध्यक्ष ओली 


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिकामा अनुभवी व्यक्तिलाई उम्मेदवार बनाएको दाबी गरेका छन् । 

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार काठमाडौँमा जिफन्टले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौँमा आफ्नो पार्टीले अनुभवी उम्मेदवार बनाएको बताएका हुन् । 

काठमाडौँको मेयर भइसकेका केशव स्थापितलाई फेरि उम्मेदवार बनाइएको छ । उनी यहाँका सडक चौडा पार्नेदेखि माइतीघर मण्डला स्थापना उनैले गरेका हुन् । विकास र समृद्धिका अनुभवीलाई काठमाडौँको उम्मेदवार बनाइएको छ,’ उनले भने । 

काठमाडौँलाई विश्वकै सफा राजधानी बनाउने संकल्पका साथ उम्मेदवार बनाइएको भन्दै अध्यक्ष ओलीले बागमती, विष्णुमती नदीलाई पूर्ण सफा बनाउने व्यक्तिलाई एमालेले उम्मेदवार बनाएको दाबी गरे ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ३ : ०४ बजे

इरान स्कुल विस्फोटमा न्यायको माग

तेहरान- इरानको एक विद्यालयमा भएको घातक विस्फोटले युद्धका निर्दोष पीडितहरूको

सम्भावना र चुनौतीबीच सम्हालिएर अघि बढे सफल हुन्छ बालेन सरकार

काठमाडौं– शुक्रबार देशले नयाँ सरकार प्राप्त गरेको छ । राष्ट्रिय

विश्वशान्तिको कामना गर्दै दुई करोड ५० लाख दीप प्रज्वलन

म्याग्दी– विश्व शान्तिको कामना गर्दै आज बेनीस्थित कालीगण्डकी नदी किनारमा

अनमोलसतिहका कलाकारले दिए प्रधानमन्त्री बालेन्द्रलाई बधाई

काठमाडौं – नेपालमा कला क्षेत्रबाट उदाएका पहिलो प्रधानमन्त्री बालेन्द्र शाह