काठमाडौँलाई चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा स्थापित गर्ने सिंहको दाबी « Khabarhub

काठमाडौँलाई चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा स्थापित गर्ने सिंहको दाबी


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदकी उम्मेदवार सिर्जना सिंहले काठमाडौँलाई चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा स्थापित गर्ने दाबी गरेकी छिन्। 

नेविसंघ काठमाडौँ जिल्ला समितिले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले काठमाडौँमा काम गर्नका लागि आफू आएको भन्दै चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा स्थापित गर्ने बताएकी हुन्। 

महानगरलाई विधिको शासन, नियम, कानुनभित्र रही चलाउँदै जनताका लागि काम गर्ने उनको भनाइ छ ।  त्यस्तै उनले काठमाडौँलाई हरियाली शहर बनाउने प्रतिवद्धता जनाइन् भने युवालाई रोजगार प्रदान गर्नका लागि आवश्यक कार्यक्रम ल्याउने धारणा राखिन्। 

कार्यक्रममा नेविसंघका नेता मनोज वैद्यले महानगरको रूपान्तरण र यसअघि हुन नसकेको कामलाई अघि बढाउन सुझाव दिए। उनले महानगरमा अब देखिने गरि विकास हुने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ४ : ४८ बजे

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा