सामाजिक सञ्जाल अकाउण्टको विवरण पेस गर्न दल र उम्मेदवारलाई आयोगको निर्देशन | Khabarhub Khabarhub

सामाजिक सञ्जाल अकाउण्टको विवरण पेस गर्न दल र उम्मेदवारलाई आयोगको निर्देशन


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले राजनीतिक दलहरूलाई निर्वाचनमा प्रचारप्रसार गर्न सामाजिक सञ्जालको ‘अकाउन्ट’ प्रयोग गर्ने भए त्यसको विवरण बुझाउन निर्देशन दिएको छ ।

उम्मेदवारहरूले अन्तिम नामावली प्रकाशन भएको २४ घण्टाभित्र निर्वाचन अधिकृतको कार्यालयमा सामाजिक सञ्जालको अकाउन्टबारे जानकारी दिनुपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

राजनीतिक दल र उम्मेदवारहरूले आचारसंहिताको परिधिमा रही प्रचार प्रसार गर्न सामाजिक सञ्जालको प्रयोगबारे जानकारी गराउनुपर्ने भएको हो । सामाजिक सञ्जालको प्रयोग गर्दा हुने आचारसंहिताविपरीतका कार्य गरेको पाइए कारबाही गरिने उनले बताए ।

सामाजिक सञ्जालमार्फत प्रचार प्रसारका क्रममा हुन सक्ने मिथ्या सूचना नियन्त्रण गर्न एकाउन्टबारे जानकारी दिनुपर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ५ : ४५ बजे

नेपाल समाजवादी पार्टीको राष्ट्रिय महाधिवेशन आजदेखि

काठमाडौं– नेपाल समाजवादी पार्टी (नेसपा)को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंको

सल्यान महोत्सव स्थलमा आगलागी, ८० स्टल नष्ट

सुर्खेत– सल्यानको श्री नगरमा जारी महोत्सवमा राखिएका स्टलमा मध्यराति आगलागी

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

राष्ट्रपति ट्रम्प र क्यालिफोर्निया राज्यबीच कानुनी लडाइँ

क्यालिफोर्निया – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यालिफोर्निया प्रान्तीय सरकार

बार काउन्सिल पार्षदमा डिएलएका पाँच र पीपीएलएका दुई उम्मेदवार विजयी, गण्डकीमा दयाराम 

पोखरा– नेपाल कानून व्यवसायी परिषद् पार्षदका लागि शनिबार भएको निर्वाचनमा