भीरबाट लडेर एक जनाको मृत्यु « Khabarhub

भीरबाट लडेर एक जनाको मृत्यु


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा– बागलुङको निसीखोलाको  भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । 

निसीखोला गाउँपालिका–४ का ५१ वर्षीय डिलमणि थापाको आइतबार भीरबाट लडेर मृत्यु भएको हो । 

घरायसी कामका लागि बाँस खोज्न घरदेखि एक किलोमिटर टाढाको जङ्गलमा पुगेका थापा बाँस लिएर फर्किने क्रममा भीरबाट लडेका थिए । उनलाई तत्काल उद्धार गरेर स्थानीय नवजीवन मेडिकल हलमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए । 

थापाको टाउकामा गहिरो चोट लागेको थियो । उनको शवपरीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ ल्याइएको छ । थापा गोरेटो बाटोदेखि दुईसय मिटर तल खसेका थिए । 

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ६ : ०६ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा