बझाङमा पाँच वर्षीया बालिका बलात्कृत « Khabarhub

बझाङमा पाँच वर्षीया बालिका बलात्कृत


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बझाङमा ५ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिका बलात्कार आरोपमा छबिसपाथिभेरा गाउँपालिकाका २२ वर्षीय एक युवकविरुद्ध जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दर्ता भएको छ । 

वैशाख १७ गते कार्यालयमा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । पीडित बालिकालाई आरोपितले मामाघरमा विवाह हेर्न गएका बेला विवाह भएको स्थानबाट ५ सय मिटर टाढा रहेको स्थानमा लगेर २०७९ वैशाख १६ गते बलात्कार गरेको पीडितपक्षका तर्फबाट दर्ता गराइएको उजुरीमा उल्लेख छ ।

बुबासँग विवाह हेर्न मामाघर गएकी बालिकालाई चकलेट किनिदिने भनेर आरोपितले लगेपछि साँझ बालिका घर फर्केको र बिहान हेर्दा पीडित बालिकाको लुगामा रगत लतपतिएको देखेपछि के भएको भनेर सोध्दा बालिकाले सबै कुरा बताएको पीडितका बुबाले बताएका छन् । 

बालिकाको वैशाख १७ गते जिल्ला अस्पताल सिमखेतमा स्वास्थ्य परीक्षण गरिएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ७ : २९ बजे

रवि-जीबीलाई राहत दिँदै अदालतको व्याख्या- सहकारी पीडितको रकम फिर्ता न्यायको मूल उद्देश्य हो 

पोखरा– जिल्ला अदालत कास्कीले सहकारी ठगीसम्बन्धी मुद्दामा संगठित अपराध र

रवि, जीबी र छविसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गर्न आदेश

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, हाल फरार उनका

‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक’  राष्ट्रियसभाबाट पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकबाट ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’

कालीगण्डकी करिडोर : अलपत्र बनेको कोवाङ–जोमसोम सडकको सम्झौता तोडियो

म्याग्दी– चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कोवाङ–जोमसोम

बड्डीचौर-खम्बागाडे सडक निर्माण नहुँदा नागरिकलाई सास्ती

कर्णाली– सुर्खेत पश्चिमका बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका