बैतडीका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध  « Khabarhub

बैतडीका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध 


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीका विभिन्न स्थानमा गत तीन दिन यता विद्युत सेवा अवरुद्ध भएको छ ।

जिल्लाको पाटन, खोड्पे, सुर्नया, अनारखोली, सिद्धपूर, सिद्धेश्वर, गुजरलगायत क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको हो ।

विद्युत सेवा अवरुद्ध हुँदा दैनिक जीवन प्रभावित भएको छ । विद्युत नहुँदा रातिको समयमा बिजुली बाल्न, टिभी, कम्प्युटर चलाउन, मोबाइल चार्ज गर्न तथा कार्यालयमा दैनिक कामकाज गर्न समस्या भएको छ ।

ड्रप आउट फ्युजको अभावमा समस्या पत्ता लगाउन नसकेको खोड्पेका स्थानीय व्यापारी सन्तोष राईले बताए । उनले भने, ‘तीन दिनदेखि विद्युत सुचारु भएको छैन । विद्युतका कर्मचारीलाई सोध्दा डपआउट फ्युजको अभावले समस्या पत्ता लगाउन नसकेको बताउँछन् ।’

विद्युत सेवा अवरुद्ध हुँदा सञ्चारका माध्यमसमेत प्रभावित भएका छन् । शुक्रबार आएको हावाहुरीसँगै विद्युत सेवा अवरुद्ध भएको हो । विद्युत सेवा सुचारु गर्न कर्मचारी खटाए पनि सबै ठाउँमा विद्युत सुचारु हुन सकेको छैन ।

वर्षा र हावाहुरीका कारण जिल्लाभरि अवरुद्ध भएको विद्युत सदरमुकाम र आसपासका क्षेत्रमा भने आज सुचारु भएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १० : १७ बजे

हाकुवासीको पीडा : भूकम्पले उठिबास, बाढीले सर्वनाश

नुवाकोट– रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन गरेका

ग्लोबल साउथ ‘नियम निर्माण गर्ने’ भूमिकामा पुग्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले

अर्थसहित तीवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।