बैतडीका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध  | Khabarhub Khabarhub

बैतडीका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध 


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीका विभिन्न स्थानमा गत तीन दिन यता विद्युत सेवा अवरुद्ध भएको छ ।

जिल्लाको पाटन, खोड्पे, सुर्नया, अनारखोली, सिद्धपूर, सिद्धेश्वर, गुजरलगायत क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको हो ।

विद्युत सेवा अवरुद्ध हुँदा दैनिक जीवन प्रभावित भएको छ । विद्युत नहुँदा रातिको समयमा बिजुली बाल्न, टिभी, कम्प्युटर चलाउन, मोबाइल चार्ज गर्न तथा कार्यालयमा दैनिक कामकाज गर्न समस्या भएको छ ।

ड्रप आउट फ्युजको अभावमा समस्या पत्ता लगाउन नसकेको खोड्पेका स्थानीय व्यापारी सन्तोष राईले बताए । उनले भने, ‘तीन दिनदेखि विद्युत सुचारु भएको छैन । विद्युतका कर्मचारीलाई सोध्दा डपआउट फ्युजको अभावले समस्या पत्ता लगाउन नसकेको बताउँछन् ।’

विद्युत सेवा अवरुद्ध हुँदा सञ्चारका माध्यमसमेत प्रभावित भएका छन् । शुक्रबार आएको हावाहुरीसँगै विद्युत सेवा अवरुद्ध भएको हो । विद्युत सेवा सुचारु गर्न कर्मचारी खटाए पनि सबै ठाउँमा विद्युत सुचारु हुन सकेको छैन ।

वर्षा र हावाहुरीका कारण जिल्लाभरि अवरुद्ध भएको विद्युत सदरमुकाम र आसपासका क्षेत्रमा भने आज सुचारु भएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १० : १७ बजे

विवादमा दिलजित, भने– बलिउडबाट कामको आश छैन

काठमाडौं – भारतीय कलाकार दिलजित दोसाँझको फिल्म ‘सर्दार जी ३’

पर्सामा ट्रयाक्टर दुर्घटनामा परेर दुई जनाको मृत्यु, एक घाइते

वीरगञ्ज– पर्सामा ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु

बजेटबारे भएका गलत प्रचारप्रसारप्रति आर्थिक मामिला तथा योजना मन्त्रालयको ध्यानाकर्षण

काठमाडौं– बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ वार्षिक कार्यक्रम तथा

द्वन्द्वपीडित परिवारले भने- द्वन्द्वका सबै विषय फरफारक हुने गरी काम गर्नुस्

काठमाडौं– सत्य निरूपण तथा मेलमिलाप आयोगले सशस्त्र द्वन्द्वपीडितलाई न्याय दिलाउनका

पाकिस्तानमा मनसुनी वर्षाका कारण सात जनाको मृत्यु, २७ घाइते

इस्लामाबाद– पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा भारी मनसुनी वर्षाका कारण विगत